Close This

सर्लाहीमा अपहरण गरी एकजनाको हत्या

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-७ गते   २८९ पटक हेरिएको

सर्लाहीमा अपहरण पश्चात एकजनाको हत्या भएको छ ।

जिल्लाको रामनगर गाउँपालिका ४ बौहर्बाटोलका अन्दाजी ६० वर्षीय रामजनम रायको शनिबार राति अपहरण गरी हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । रायको गोली प्रहर गरी हत्या गरिएको अवस्थामा शव बाँसघारीमा आइतबार दिउँसो फेला परेको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माले जानकारी दिनु भयो ।
रामजनमको हातखुट्टा बाँधेर घरेलु हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।  ‘हातखुट्टा बाँधिएको टाउकोमा घरेलु हतियार प्रहार गरी हत्या गरेको देखिन्छ,घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ’ प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।
घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech