अनेरास्ववियु र युवा संघ नेपाल सर्लाहीद्धारा हरिवनमा बिरोध ¥याली सहित मशाल जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१२ गते   ३९८ पटक हेरिएको

नेकपा(एमाले) निकट अनेरास्ववियु र युवा संघ नेपाल सर्लाहीले हरिवनमा बिरोध ¥याली सहित मशाल जुलुस गरेको छ । राष्ट्रिय सभाको चुनावमा मतदान गर्न जनकपुर गएका हरिवन नगरपालिकाका नगर प्रमुख एवम एमाले नेता गणेश प्रसाद प्रसाई र उप प्रमुख रेणुका पौडेल माथी भएको आक्रमणको विरोधमा अनेरास्ववियु र युवा संघ नेपाल सर्लाहीले बिरोध ¥याली सहित मशाल जुलुस गरेको  अनेरास्ववियु सर्लाहीका सचिव आशिष बाबु दाहालले जानकारी दिनु भयो ।
देशद्रोही सिके राउत मुर्दाबाद , नेकपा एमाले जिन्दाबाद , अनेरास्ववियु जिन्दावाद , युवा संघ नेपाल जिन्दाबाद , स्वास्थ्य लाभको कामना मेयर साब , हाम्रो नेता हाम्रो देश प्राण भन्दा प्यारो छ , दोषीलाई कार्वाही गर , मापसे गठबन्धन सरकार मुर्दाबाद , परमादेश सरकार मुर्दाबाद लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकी करिब १ सय ५० जनाको संख्यामा निस्केका अनेरास्ववियु र युवा संघ नेपाल सर्लाहीका नेता तथा कार्यकर्ताहरुले  हरिवन नगरपालिका ११ को बजार क्षेत्रमा प्रदर्शन गरेको हो ।
नेकपा एमालेका नेता हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख महबुब रेजा , युवा तथा विद्यार्थी नेताहरुको उपस्थिति रहेको कार्यक्रमको कोण सभालाई अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण उप्रेतीले सम्बोधन गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech