युवालाई मौरी पालनको तालिम सञ्चालन गर्ने अनेरास्ववियू सर्लाही जिल्ला कमिटीको निर्णय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-११ गते   २३२० पटक हेरिएको


अनेरास्ववियू सर्लाही जिल्ला कमिटीको मंगलबार(आज) पहिलो बैठक सम्पन्न भएको छ । नेकपा एमाले निकट अनेरास्ववियू सर्लाहीले हरिवन नगरपालिका ११ को सभा हलमा पहिलो बैठक सम्पन्न भएको हो ।
अनेरास्ववियू सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षतामा बसेको बैठकले अगुवा नेताहरुसँग छलफल गरी मिति र स्थान तय गरेर युवा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने, आगामी दिनमा बस्ने अनेरास्ववियू जिल्ला कमिटीको बैठकमा आमन्त्रितको रुपमा पालिका र क्षेत्रीय कमिटीका पदाधिकारीहरुलाई पनि राख्ने, कोरोना भाइरस विरुद्ध र खोपबारे सचेतना जगाउन स्थानीय तहहरुसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने लगायतका निर्णयहरु गरेको अनेरास्ववियू सर्लाहीका सचिव आशिष बाबु दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकले युवा विद्यार्थीहरुका लागि मौरिपालन सम्वन्धि तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सो तालिमको संयोजन मौरीपालक किसान समेत रहेका अनेरास्ववियू हरिवन नगर कमिटीका अध्यक्ष सुशील मैनालीले गर्ने निर्णय भएको छ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज उज्वल कार्कीको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा अनेरास्ववियू मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटी, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सरोजबाबु न्यौपाने, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण उप्रेती, अनेरास्ववियूका केन्द्रीय सदस्य शिवहरि गौतम र समिमबाबु पठानको उपस्थिति रहेको अनेरास्ववियू सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech