इन्दु शंकरको गेटमा मजदुर संघको धर्ना,छलफलबाट समस्या समाधान हुने उद्योग प्रशासनको भनाई

211 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको इन्दु शंकर चिनी उद्योगको गेटमा मजदुर संघले धर्ना सुरु गरेको छ ।२०८२ बैशाख २१ गते उद्योगपति राजेश केडियासंग बसेर ११ बुँदे सम्झौता गरिएको भएपनि उक्त सम्झौता कार्यन्वयन नभएपछि आफुहरु बाध्य भएर धर्ना सुरु गर्नु परेको अखिल नेपाल औद्योगिक मजदुर संघ आधिकारीक ट्रेड युनियन इन्दु शंकरका अध्यक्ष धिरेन्द्र झाले बताए । उनका अनुसार मजदुरहरुको तलब भक्ता तथा ग्रेड बृद्धि,स्थानीय भक्ता थप गर्नु पर्ने, खाजा,औषधी,शिक्षा र पोशाक भक्ता बृद्धि, वोनश, पदोन्नती, आवाश सुविधा,सरकारी बिदा,अत्तिरिक्त कार्यवधि,रिक्त दरवन्दी पदपूर्ति र उपदान भुक्तानी लगायतका माग राख्दै २०८२ बैशाख २१ गते ११ बुँदे सम्झौता गरिएको भएपनि सम्झौता कार्यन्वयन नभएको भन्दै धर्ना सुरु गरिएको हो ।
सम्झौता गरेको १० महिना बित्ति सक्दापनि उद्योगले आफ्ना मागहरुमा वेवास्था गरेका कारण पहिलो चरणमा उद्योगको प्रशासन शाखाको गेटमा र दोस्रो चरणबाट मुख्य गेट मै आमरण अन्सन बस्ने योजनामा आफुहरु हरेको संघका सल्लाहकार राज कुमार चौलागाईले बताए।उनका अनुसार संघले पटक पटक उद्योगपति केडिया र उद्योग प्रशासनलाई लिखित तथा मौखिक अनुरोध गरेको भएपनि वेवास्था गरेपछि उद्योगको प्रशासन शाखाको गेटमा धर्ना सुरु गरिएको र आफ्ना मागहरु तथा भएका सम्झौताहरु कार्यन्वयन नभए चरणवद्ध आन्दोलन हुने छ।
त्यस्तै,मजदुर संघले केही विषयहरुमा छलफल भएको र सम्झौता अनुसारका केही सम्झौता बाहेक प्राय सबै सम्झौता कार्यन्वयन भई सकेका र बाँकी रहेका केही बुँदाहरुमा बसेर छलफल गरी आपसी समझदारीमा समाधान हुने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर प्रसाद नेपालले बताए।उनले उद्योगले संघलाई छलफलका लागि बोलाएको र बसेर छलफल गरेर समस्या समाधान हुने समेत बताए ।
यता,उखु खरिद गरेर किसानहरुलाई समयमै रकम भुक्तानी गर्ने देशभरी कै उद्योगहरु मध्ये राम्रो उद्योगको छवि बनाएको इन्दु शंकरले चालु सिजनमा पनि किसानहरुसंगबाट २५ लाख ९७ हजार सात सय क्विन्टल उखु खरिद गरी एक अर्ब छ करोड रकम भुक्तानी गरि सकेको उद्योगका उखु प्रवन्धक योग नारायण राजकले बताए ।उनका अनुसार करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य सहित चालु सिजनको पुस दोस्रो साताबाट सञ्चालन सुरु गरिएको उद्योगले चैत्र तेस्रो साता सम्म उद्योग सञ्चालन गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचार