हरिवनमा रहेको सरस्वती हस्पिटलको फार्मेसीमा औषधी व्यावस्था विभागको शिल,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२० गते   ५२ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सरस्वती अस्पतालको फार्मेसीमा (आज)सोमबार औषधी व्यवस्था विभागको टोलीले छापा मारेको छ । नेपाल सरकारले अनुमती नै नदिएका औषधीहरु बिक्री वितरण गरेको गुनासो आएपछि छापा मारेको औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जले जनाएको छ ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जबाट डा. चन्देश्वर यादवको नेतृत्वमा आएको अनुगमन समितिले हरिवन क्षेत्रका औषधी पसलहरुको छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा हस्पिटलको फार्मेसी समेत दर्ता नभएको पाइएको, त्यसका मालिक पहिचान नभएको र नेपाल सरकारले अनुमती नै नदिएको गर्भपत्तन गराउने औषधी, विभिन्न प्रकारका क्रिमहरु लगायतका थुप्रै औषधी ठूलो परिमाणमा बिक्री वितरणका लागि लुकाएर राखिरहेको पाइएको डा. यादवले जानकारी दिनुभयो । 
फार्मेसीलाई तत्कालै शिल गरेर त्यसका संचालकलाई औषधी व्यवस्था विभागमा आउन आग्रह गरिएको डा.यादवले बताउनु भयो । डा.यादवको नेतृत्वमा आएको ३ जनाको टोलीले सोमबार(आज) हरिवनमा सुशान्त फार्मेसी र आरुसी आर्युवेदिकको समेत अनुगमन गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech