कोरोना संक्रमण रोक्न लालबन्दीमा छलफल,लक डाउनलाई थप कडाई गरिने

2.2k Shares

लालबन्दी नगरपालिकाले कोरोना संक्रमणबाट बच्न के गर्न सकिन्छ भन्ने विषयमा नगरस्तरीय सर्बदलीय छलफल गरेको छ । छलफलमा नगरभित्र लकडाउलाई पुर्ण पालना गराउने,मानविय भिडभाड नगर्न आग्रह गर्ने,आयातित वस्तुमा रोक लागउने, वडा तथा टोल टोलमा अनुगमन समिति गठन गरि मानविय पहिचान गर्ने लगायतका निर्णयहरु भएका नगरपालिकाकी नगर उप प्रमुख शान्ती कुमारी लामाले जनाउनु भयो ।
 नगरपालिकाको सभाहलमा भएको छलफलमा कोरोनाको संक्रमण  व्यावस्थापन गर्न नगरभित्रका सबै राजनैतिक दलहरुको साथ सहयोगको आवश्यकता रहेको नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । भने छलफलमा सहभागी राजनैतिक दलका नेताहरुले पनि स्थानिय सरकार नगरपालिकालाई आफुहरुले सकेको सहयोग गर्ने सहमती गरेका छन ।

क्वारेन्टाईन र लक डाउनको बारेमा जनचेतना जगाउने,सिमा नाका सिल गर्न अन्य स्थानिय निकायसंग छलफल गर्ने,दैनिक उपभोग्य र अत्याआवश्यकिय समाग्राी ढुवानी गर्ने सवारी साधनको चेक जाँचमा कडाई गर्ने,स्थानिय उत्पादीत वस्तु स्थानिय बजारमा नै खपत गर्न अनुगमन गर्ने र नगरका अन्य विभिन्न आवश्यक स्थानमा क्वारेन्टाईनको व्यावस्था गर्ने लगायतका निर्णयहरु  भएका नगरपालिकाका कर्माचारी कोमलहरी गौतमले जानकारी दिनु भयो ।
 

सम्बन्धित समाचार