सरकारी सम्पतीको संरक्षणमा स्थानीयले देखाए चासो,गरे चर्काे विरोध

1.2k Shares

शंखर पहाडी(गौरब)
 सर्लाहीको बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको जमिन भू–माफियाले हडप्न खोजेको भन्दै स्थानीयले विरोध गरेका छन् । बरहथवा नगरपालिका १३ स्थित मनुष्मारामा कार्यालय रहेको बागमती मनुष्यमारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको जमिन भू–माफियाले हडप्न खोजेको भन्दै स्थानीयले विरोध गरेका हुन ।
बरहथवा नगरपालिका १३ स्थित बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयकोे सो जमिनमा वर्षौदेखि हाट लाग्दै आएको भएपनि अहिले केही भू–माफियाले हडप्न खोजेपछि आफुहरुले त्यसको विरोध गरेको स्थानीय रामसोगारथ महराले बताए । २०३४ सालमा नापी हुँदा सु.च ८ को किक्ता नम्बर १८८ को ७ कठ्ठा जग्गा तत्कालीन सरकारको नाममा रहेको महराले बताए ।


२०७६ सालमा बरहथवा नगरपालिकाले रु ३ लाख २६ हजारमा माटो भरेको सो जमिनमा अहिले हाट लाग्ने गरेको छ । बरहथवा नगरपालिका १३ का वडा अध्यक्ष राजगिर दर्जीले आफुखुसी फिल्ड बुकको आधारमा तिरो तिरेको रसिद दिएका र स्थानीय गंगाधर झाको नाममा वडा अध्यक्ष दर्जीले भोग चलनको सिफारिस समेत गरेका स्थानीय महराले बताए ।  उनका अनुसार स्थानीयलाई जानकारी नै नगराई भोग चलनको सिफारिस गरेपछि बहरथवा नगरपालिका,मालपोत कार्यालय बरहथवा,बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा गएर सरकारी जमिन हडप्न नदिन आग्रह गरेको भएपनि कसैले नसुनेपछि आफुहरुले विरोध प्रर्शन गरेको महराको भनाई छ ।
वर्षौँदेखि बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको सो जमिन वडा अध्यक्ष दर्जीले हडप्न खोजेपछि आफुहरुले त्यसको विरोध गरेको स्थानीय सुरेन्द्र महतोले बताए । बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयले वरिपरि कम्पाउण्डवाल समेत लगाएको र चौकीदार क्वाटर समेत बनाएको भएपनि अहिले कम्पाउण्डवाल समेत भत्काईएको छ भने चौकीदार क्वाटर पनि अन्य स्थानीयले प्रयोग गर्दै आएका महतोले बताए ।उनका अनुसार भोग चलनको सिफारिस वडा अध्यक्ष दर्जीले कुन आधारमा गरेका हुन सरोकारवाला निकाय यस विषयमा किन मौन छ । आफुहरु सरकारी सम्पतीको संरक्षणका लागि जे पनि गर्न तयार रहेको महतोले बताए ।
बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको जमिनलाई भु माफियाहरुले भोग चलन सावित गर्ने,वडाबाट सिफारिस लिने तथा कसैको नाममा नरहेको जमिनको मालपोत रसिद कसरी काटियो थाहा छैन । तर सरकारी सम्पतीको संरक्षका लागि आफुहरुले विरोध प्रदर्शन गरेको स्थानीय अशोक राउतले बताए । आफुहरु सरोकारवाला निकायमा धाउँदा धाउँदा थाकिसके पछि विरोध प्रदर्शनमा उत्रिएको स्थानीय राउतले बताए ।
सिचाईको जमिन खाली रहेका कारण हाट लागि रहेको र वडा अध्यक्ष दर्जीले सिफारिस गरेका र वडा सचिवले कसैको नाममा श्रेष्ता कायम नभएको जमिनको मालपोत रसिद कसरी काटिएको थाहा पाएपछि आफुहरुले कडा रुपमा विरोध गरेको विशेश्वर महराले बताए । लालपुर्जा नभएको जमिनको मालपोत वडा कार्यालयले काट्नुले स्थानीय जनप्रतिनिधहरुको मिलेमतोमा सरकारी जमिन हडप्न खोजिएको भन्दै विरोध गरेको उनले बताए । हप्तामा दुई दिन बुधबार र शनिबार हाट लाग्ने गरेको सो जमिन सरकारी जमिन रहेको र यसको संरक्षण गर्न आफुहरु लागि परेको विशेश्वरले बताए ।
बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल,बरहथवा नगरपालिका १३ का वडा अध्यक्ष दर्जी र एमाले नेता राम बहादुर राय सहित मालपोत कार्यालय बरहथवाका कर्माचारीहरुका साथै भु–माफियाहरुले सो जग्गा कब्जा गर्न खोजेपछि आफुहरु त्यसको विरोधमा उत्रिएको स्थानीय सुरेन्द्र महतोले बताए ।
पछिल्लो समय जिल्लामा भू–माफिया सक्रिय भई सरकारी जग्गा आफ्नो बनाउने तथा जग्गाधनीलाई अनेक किसिमका दुःख दिने काम गर्दै आइरहेका स्थानीयको गुनासो छ । यस कार्यमा मालपोतकै कार्यालय प्रमुख र अन्य कर्मचारीले सहयोग गर्दै आइरहेको  पाईएको छ । वडा कार्यालयले सो जमिनको प्रमाण विना राजश्व लिनु,हकभोग भनी प्रमाणित  गरि सिफारिस गर्नुु,मालपोतमा श्रेष्ता नभेटिनु,नगरपालिका र जिल्ला प्रशासन कार्यालयले सरकारी जमिन हडप्न नदिन भनी पत्राचार गर्नु लगायतका आधारमा भु–माफियाले सरकारी जमिन हडप्न खोजेको स्पष्ट हुने स्थानीयले बताए ।
बागमती मनुस्मारा झाँझ सिचाई व्यवस्थापन कार्यालयले सो जमिनको श्रेष्तामा माग गर्नु र किर्ते काम गर्नेहरुका लागि कार्बाहीको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्राचार समेत गरिएको कार्यालय प्रमुख विनय गामीले बताए । यता वडा अध्यक्ष दर्जीसंग सो विषयमा बुझ्न खोज्दा आफु व्यास्त रहेकाले पछि फोन गर्नु भनी कुरा गर्न चाहेनन् ।
स्थानीयले आज केही समय बरहथवा मधुवनी सडक खण्डमा टायर वालेर प्रदर्शन गरेका थिए । पछि दिउँसो १ बजे सर्व दलिय सर्व पक्षीय बसेर छलफल हुँदा सो जमिन सरकारी जमिन नै रहेको निष्कर्ष निस्केको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार