गणेश खड्का
सर्लाहीको ईश्वरपुर नगरपालिका ७ बाट प्रहरीले एकजना फरार प्रतिवादी नियन्त्रणमा लिएको छ । इश्वरपुर नगरपालिका ७ का अन्दाजी वर्ष ५२ का नागेश्वर महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
४६ लाख १९ हजार एक सय २३ रुपैया ४४ पैसा जरिवाना तोकी फरार रहेका ईश्वरपुर नगरपालिका ७ का अन्दाजी वर्ष ५२ का महतोलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार बिहीबार नियन्त्रणमा लिइएका महतोलाई आवश्यक कार्बाहीका लागि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको हो ।
नियन्त्रणमा लिइएका महतोलाई आवश्यक कैद भुक्तानीको लागि जिल्ला कारागार कार्यालय सिन्धुली पठाउने अदालतले आदेश दिएको र सोही अनुसार अहिले ईलाका प्रहरी कायर्यालय केशरगन्ज,बयलवासमा राखिएको प्रहरीले जनाएको छ ।