अविरल वर्षाका कारण सर्लाहीका दुई प्रहरी चौकी डुबानमा

3.6k Shares

सर्लाहीका दुई प्रहरी चौकी डुबानमा परेका छन् । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण  जिललको  मलङ्वा नगरपालिका ५ खुटौना र चक्रघट्टा गाउँपालिका ८ औरहीमा रहेका दुई प्रहरी चौकी डुबानमा परेका हुन् ।
पानीको निकास नहुँदा प्रहरी चौकीमा पानी जमेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।प्रहरी चौकीको चारैतिर अग्ला अग्लो घरहरु बनेका छन् । होचो स्थानमा प्रहरी चौकी छ ।प्रहरी चौकी भएको स्थान होचो भएपछि पानी जमेको र प्रहरी चौक्ी डुबानमा परेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिनिु भयो ।
पम्पिङ सेट लगाएर पानी निकाल्ने काम भई रहेको उहाँले बताउनु भयो । जिल्लाका दक्षिणी क्षेत्रका केही भाग लखनदेही खोलाका कारण डुबानमा परेका छन् । बाढी पहिरोमा परेका नागरिकहरुलाई उद्धारमा खटिएर उद्धार गर्नु पर्ने प्रहरीहरु रप्रहरी कार्यालय नै डुबानमा पर्न थालेपछि नागरिकहरुकोमनोबाल घट्न थालेको छ ।

सम्बन्धित समाचार