हरिवन ११ मा निर्माण भएको व्यवसायीक भवन चार वर्षदेखि वेवारिसे

608 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ मा निर्माण भएको व्यावसायीक भवन निर्माण सम्पन्न भएको चार वर्ष हुँनै लाग्दा समेत प्रयोग विहीन भएको छ।नगर विकास कोषको रु १६ करोड ८६ लाख ऋण सहयोगमा बिकोइ–धुलिखेन निर्माण सेवाले आर्थिक वर्ष २०७७/०७८ मै भवन निर्माण सम्पन्न गरेको भएपनि सो भवन अहिले वेवारिसे बनेको छ ।
सर्लाहीको हरिवन बजारलाई जिल्ला कै पुरानो बजारको रुपमा चिनिने गरिएको भएपनि व्यावसायीहरुको उचित व्यवस्थापन नहुँदा बजारको अवस्था लथालिङ्ग भएको छ।हरिवन नगरपालिका ११ स्थित रहेको हरिवन बजारलाई व्यवस्थापन गर्न भन्दै नगर विकास कोषबाट रु १६ करोड ८६ लाख ऋण सहयोग लिएर निर्माण गरिएको व्यवसायीक भवन निर्माण सम्पन्न भएको करिब चार वर्षहुँनै लाग्दा समेत प्रयोगमा ल्याउन नसक्दा व्यावसायीहरु प्रत्यक्ष मारमा परेका स्थानीय व्यापारी विरेन्द्र साहले बताए ।
आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु भएर आर्थिक वर्ष २०७७/०७८ निर्माण सम्पन्न भएको व्यवसायीक भवन नगरपालिकाले आफ्नो स्वमीत्वमा ल्याई सकेको भएपनि आन्तरीक राजनीतिक खिचातानीका कारण ठेक्का लाग्न नसक्दा हरिवन बजारका व्यापारीहरु खुल्ला ठाउँमा बसेर व्यापार गर्न बाध्य भएका भएपनि बजार व्यावस्थापन समिति समेत मौन देखिएको स्थानीय शेष इस्तिहारको आरोप छ ।
हरिवनका स्थानीय जनप्रतिनिधिहरुका साथै राजनीतिक दल र स्थानीय व्यापारी,व्यवसायीहरु विच बसेर समन्वय तथा छलफल गरी भवन ठेक्का प्रक्रियामा जानु पर्ने विषयमा आफुहरुले पहल गरी रहेको हरिवन उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले बताए । उनले उद्योग बाणिज्य संघ नगरपालिकालाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
अस्तव्यस्त रुपमा रहेका व्यापारीहरुलाई व्यवस्थापन गर्न भन्दै निर्माण भएको व्यावसायीक भवन सरोकारवालाहरुको मौनताका कारण प्रयोगमा आउनु पहिलै भत्कीन थालेको स्थानीयको गुनासो छ भने नगरपालिकाले कानूनी बाध्यताका कारण भवन ठेक्कामा लाग्न ढिलो भएको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष एवम हरिवन बजार व्यवस्थापन समितिका अध्यक्ष शेष मेहबुब रेजाले बताए ।
हरिवन नगरपालिका ११ मा हप्तामा दुई दिन लाग्ने बजारमा बजारै पिच्छे ठेकेदारहरुले केही रकम(कौडी) उठाउने गरेका भएपनि त्यसको समेत सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ।ठेकेदारहरुले नगरपालिकाले तोकेको भन्दा बढी रकम व्यापारीहरुसंग उठाउने तर नगरपालिकामा दाखिला गर्नु पर्ने राजश्व दाखिला समेत नगर्ने गरेका स्थानीयको भनाई छ ।भने तीनै व्यापारीहरुलाई व्यवस्थापन गर्न निर्माण गरिएको भवन प्रयोग विहिन अवस्थामा हुनु हरिवनका लागि दुःखको कुरा हो । 

सम्बन्धित समाचार