सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटमा जारी आठौं नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो सेमि फाइनल बुधबारबाट सुरु हुने भएको छ।हरेक वर्ष हरेक वडामा आयोजना गरिने नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आठौँ संस्करणको पहिलो सेमिफाइनल खेल बुधबार लालबन्दी नगपालिका ३ र लालबन्दी नगरपालिका ११ वीच हुने लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिव कृष्ण वैद्यले जानकारी दिए ।
उनका अनुसार दोस्रो सेमिफाइनल खेल लालबन्दी नगरपालिका १६ र आयोजक लालबन्दी नगरपालिका १३ विच हुने छ।लालबन्दी नगरपालिकाका १७ वटा वडाका १७ वटा टिमको सहभागीतामा सञ्चालन भई रहेको प्रतियोगिताको फाइनल खेलका लागि चार वटा टिम प्रतिस्पर्धा गर्दै छन् । सेमिफाइनलका बिजेता दुई टिमले प्रतियोगिताको उपाधिका लागि कात्तिक २२ गते शनिबार फाइनल अेल खेल्ने आयोजकले जनाएको छ।सेमिफाईनलमा पराजित टिमले भने तेस्रो स्थानका लागि बिहीबार प्रतिस्पर्धा गर्ने छन्।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका १३ ले आयोजना गरिरहेको प्रतियोगिताको बिजेताले रु एक लाख ११ हजार एक सय ११,उपबिजेताले रु ५५ हजार पाँच सय ५५ र तेस्रो हुने टिमले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्ने लालबन्दी नगरपालिकाले जनाएको छ ।