सिन्धुलीका नौ वटा पालिकाहरु मध्य यो समाचार तयार पार्दा सम्म दुई वटा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएपनि पारित गर्न सकेका छैनन् ।दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा पालिका रहेको सिन्धुलीको तीनपाटन र फिक्कल गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएपनि पारित गर्न नसकेका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।मन्त्रालयको वेभसाईटमा देखिएको तथ्यांक अनुसार तीनपाटन र फिक्कल गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएपनि पारित गर्न सकेका छैनन् ।
मन्त्रालको तथ्यांक अनुसार हरिहरपुरगढी गाउँपालिकाले असार ५ गते,मरिण गाउँपालिकाले असार ७ गते,फिक्कल गाउँपालिकाले असार ८ गते तथा सुनकोशी,तीनपाटन,गोलन्जोर र घ्याङ्लेख गाउँपालिका सहित कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले असार १० गते नै आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशिका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति,कार्यक्रम तथा बजेट असार १० गतेभित्र प्रस्तुत गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुरूप सिन्धुलीका नौ वटै पालिकाहरुले स्थानीय तहले समय सीमाभित्रै बजेट आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएका हुन् ।यस वर्ष सिन्धुलीका सात वटा गाउँपालिकार र दुई वटा नगरपालिका गरी नौ वटै पालिकाहरुले आ–आफ्नो गाउँसभा तथा नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
असार ५ गतेदेखि १० गते भित्र आगामि आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका सर्लाहीका स्थानीय तहहरुले प्राय सुशासन,कृषि,खानेपानी,स्वस्थ्य,शिक्षा,पुर्वाधार, रोजगारी,सूचना प्रविधि,विपद् व्यवस्थापन र वातावरण संरक्षणका साथै लक्षित वर्ग तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेका छन्। सिन्धुलीका स्थानीय तहहरुमा विवाद नरहेका स्थानीय तहहरुले आगामि आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा नीति र कार्यक्रम ल्याएर पारित पनि गरि सकेका भएपनि विवाद रहेका पालिकाहरुले बजेट ल्याएपनि पारित गर्न सकेका छैनन् ।
निर्धारित मितिभित्रै नगरसभा तथा गाउँसभा सम्पन्न भई बजेट सार्वजनिक गरिनुलाई जनप्रतिनिधिहरूको कार्यसम्पादन र समन्वय क्षमताको सकारात्मक संकेतका रूपमा हेरिएको छ।आगामी आर्थिक वर्षमा विकास निर्माणलाई तीव्रता दिनुका साथै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी कार्यक्रम केन्द्रित गरिएको सर्लाहीका स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् ।
कृषिमा आधुनिकीकरण,सडक पूर्वाधार विस्तार,शिक्षा तथा स्वास्थ्य सेवाको सुधार,युवालाई स्वरोजगारमुखी कार्यक्रम तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाइएको छ।बजेट समयमै ल्याइनु सकारात्मक भए पनि यसको प्रभावकारी कार्यान्वयन,पारदर्शिता र गुणस्तरीय सेवा प्रवाह नै मुख्य चुनौती रहने स्थानीय जानकारहरु बताउँछन् ।