लालबन्दी १३ का अति विकट गाउका स्थानीयहरुलाई सौर्य उर्जा (सोलार) वितरण

4.1k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १३ का अति विकट गाउँ करमडन्डीका २२ घर धुरिलाई सोलार वितरण गरिएको छ । गाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ लालबन्दी नगरपालिका १३ का अति विकट गाउँ करमडन्डीका २२ घर धुरिलाई सोलार वितरण गरिएको हा । 
लालबन्दी १३ को अति विकट गाउँ करमडन्डीका २२ घर धुरिलाई ८० वाड क्षमताका सोलार सौर्य ऊर्जा प्रणाली वितरण गरिएको लालबन्दी १३ का वडा अध्यक्ष शिव कृष्ण वैद्यले जानकारी दिनु भयो । वडा अध्यक्ष वैद्यको पहलमा बैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा सौर्य ऊर्जा प्रणाली स्थानीयलाई वितरण गरिएको हो ।
सो वडाका  २२ घरधुरीलाइ ८० वाडका सोलार प्यानल, १०० एम्पियर सोलार ब्याट्री २२ थान,४ वाडको लाइट सोलार फ्रेम, केबल लगायत सिस्टममा लाग्ने सम्पुर्ण सामाग्री वितरण गरिएको लालबन्दी नगरपालिका १३ का वडा वडा सदस्य मोहन राउतले जानकारी दिनु भयो । 

सम्बन्धित समाचार