मधेश प्रदेशका पाँच जना प्रदेश सभा सदस्यहरुलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पाँच जना प्रदेश सभा सदस्यहरुलाई तत्काल पदमुक्त नगर्न आदेश दिएको हो ।गत कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टी(जसपा)नेपालका चार जना र नागरिक उन्मुक्ति पार्टीका एक जना गरि पाँच जना प्रदेश सभा सदस्यहरुलाई पदमुक्त गरेका थिए ।
जनता समाजवादी पार्टी(जसपा)नेपालका प्रदेश सभा सदस्यहरु मनिष कुमार सुमन,संजय कुमार यादव,सिंहासन साह कलवार र सारदा शंकर साह र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंहलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए।त्यस लगतै उप सभामुखले ती प्रदेश सभा सदस्यहरुलाई सभामुखले गरेको निर्णय राजनीतिक आग्रह पूर्वाग्रह राखेर बर्खास्त गरेका भन्दै त्यो सूचना रद्ध गरेको सूचना जारी गरेकी थिईन् ।त्यसपछि उक्त निर्णयविरुद्ध पाँचै जना प्रदेश सभा सदस्यहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।