माओवादी केन्द्र सत्ता स्वार्थमा लिप्त भएपछि म नेकपामा प्रवेश गरेको हुँ : नेता विश्वजित

329 Shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मधेश प्रदेशको कार्यालय बर्दिवासमा भएको ध्रुविकरण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता सहित विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देशव्यापी रुपमा सञ्चालन गरी रहेको पार्टी ध्रुविकरण कार्यक्रम अन्र्तगत मधेश प्रदेशको कार्यक्रममा माओवादी केन्द्रका नेता राजकिशोर राय (विश्वजित)सहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ताहरु सयौँको संख्यामा प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सर्लाहीका सेक्रेटरी जनक राउतले जानकारी दिए ।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अहिले देशव्यापी रुपमा पार्टी ध्रुविकरण कार्यक्रम सञ्चालन गरी रहेको र नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुको लर्काे लागेको छ ।सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले मधेस प्रदेश कार्यालय बर्दिवासमा आयोजना गरेको पार्टी ध्रुवीकरण कार्यक्रममा प्रवेश गर्ने नव प्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिलले खादा ओढाएर स्वागत गरेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मधेश प्रदेशले जनाएको छ ।
जनयुद्धको क्रममा जनमुक्ति सेनाका कमिसार समेत बनेका विश्वजीत माओवादी केन्द्र निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष समेत रहेका थिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्दै विश्वजीतले माओवादी केन्द्र पतनको बाटोमा लागेको र माओवादी केन्द्रबाट जनताका चाहना पुरा नहुने भएकाले आफु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेको बताए ।उनले माओवादी केन्द्र व्यत्तीवाद,जातिवाद,नातावाद,कृपावादका साथै जनयुद्धको वर्ग संर्घषको नारा भुलेर पुँजिवाद तर्फ उन्मुख भएको र सर्वहारा वर्गहरुको मुद्धा भुलेर फरक बाटोमा सत्तामा लिप्त हुँदै गएपछि आफुले माओवादी केन्द्र छाडेको बताए ।उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सत्ताको स्वद नचाखेको,नगन्हाएको र जनताको मागमा लागि रहेका कारण आफु पार्टीको ध्रुविकरण कार्यक्रम मार्फत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेको समेत बताए ।

सम्बन्धित समाचार