Close This

अपराधी नियन्त्रणमा लिएको भिडियो बनाउँदा पत्रकारमाथी दुव्र्यवहार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२६ गते   ८५ पटक हेरिएको

नेपाल पत्रकार महासंघ बाराकी उपा अध्यक्ष माथी बारा प्रहरीले दुव्र्यवहार गरेको छ । बाराको निजगढमा रहेको एक होटलमा प्रहरीले छापामारेको रिपोटिङ्ग गर्न पुगेकी महासंघ बाराकी उपाअध्यक्ष तथा न्युज २४ टेलिभिजनकी बारा सम्वाददाता लक्ष्मी पाण्डेमाथी बारा प्रहरीले दुव्र्यवहार गरेको हो ।
छापामारी गरेको रिपोर्टिङ्ग गर्न पुगेकी पत्रकार पाण्डेको मोवाइल खोसेर प्रहरीले भिडियो डिलिट गरेको छ । निजगढको एक होटलबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको भिडियो बनाउँने क्रममा किन भिडियो खिचेको भन्दै प्रहरीले दुव्र्यवहार गरी भिडियो डिलिट गरेको नेपाल पत्रकार महासंघ बारा शाखाले जनाएको छ ।
होटलबाट एकजनालाई प्रहरीले नियन्त्रणमा लिएर कार्यालय तर्फ लैजादै गरेको भिडियो खिच्ने क्रममा प्रहरीको सादा पोशाकमा रहेका एक प्रहरीले मोवाइल खोसेर भिडियो डिलिट गरेको छन् । पत्रकारको मोवाइल खोसेर दूव्र्यवहार गरेको घटनाप्रति पत्रकार महासंघ बाराले  घोर भत्सर्ना गरेको छ ।
प्रहरीले स्वतन्त्र प्रेसमाथि गरेको व्यवहार निन्दनीय रहेको नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतमले बताउनु भयो । उहाँले पत्रकारमाथी दुव्र्यवहार गर्ने माथी कारबाहीको माग समेत गर्नु भयो । होटलबाट नियन्त्रणमा किन र कसलाई लिएको भन्ने विषयमा बारा प्रहरीले कुनै खुलाएको छैन । भने प्रहरीले होटलमा अन्य मानिसहरु र पत्रकारलाई समेत प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीका अनुसार “ठूलै घटनासँग सम्बन्धित अपराधी’ पक्राउ परेका छन् भने उनिमाथी अनुसन्धान जारी रहेको छ ।”

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech