महिलामाथि हुने आर्थिक, सामाजिक एवं यौन हिंसाको अन्त्यका लागि व्यक्ति, परिवार र समाजले नै गम्भीता साथ लिनुपर्ने लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
“महिलामाथि हुने विविध खाले हिंसाको अन्त्य बोलेर मात्रै नभइ व्यवहारमै देखिनुपर्छ । यस विषयमा जनप्रतिनिधि अझ बढी सचेत हुनुपर्ने ” उप प्रमुख लामाले बताउनु भयो । लालबन्द्यी नगरपालिकामा बुधबार आयोजित लैङ्गिक हिंसा बिरूको १६ दिने अभियानको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र ऐक्यवद्धता’ भन्ने १६ दिने अभियानको यस वर्षको नारा रहेको छ । अभियानले लिङ्गका आधारमा हुने सबै खालको हिंसाको बिरुद्धमा सचेतना जगाउने गतिविधि आयोजना गर्छ । महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लील शव्द बोन्नु, अश्लील फोटो देखाउनुलगायत क्रियाकलापलाई हिंसाको रुपमा लिइने जनाइएको छ । यस्ता कार्यको न्यूनिकरण नै अभियानको मुख्य लक्ष्य रहेको आयोजकले बताएको छ ।