रामनगरद्धारा जनस्वास्थ्यमा सुधारका लागि एम्बुलेन्स सञ्चालनमा

353 Shares

सर्लाहीको रामनगर गाउँपालिकाले गाउँपालिका बासीलाई सेवा प्रवाह गर्न भन्दै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।रामनगर गाउँपालिकाले गाउँपालिका बासिन्दाको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए ।उनका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै एम्बुलेन्स खरिद गरेको हो ।एम्बुलेन्स सञ्चालनमा आएपछि टाढा टाढाबाट बिरामी ल्याउन र आकस्मिक अवस्थामा छिटो स्वास्थ्य संस्थासम्म पु¥याउन सहज हुने गाउँपालिका अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो,यसलाई अझ व्यवस्थित,सहज र सर्वसुलभ बनाउने हाम्रो लक्ष्य हो।नयाँ एम्बुलेन्सले यस अभियानमा ठूलो टेवा पु¥याउनेछ।”गाउँपालिका अध्यक्ष यादवले बताए ।पालिकामा एम्बुलेन्सको पहुँच नहुँदा ग्रामीण भेगका बिरामीहरूलाई समयमै उपचारका लागि स्वास्थ्य केन्द्र सम्म पु¥याउन कठिनाइ हुने गरेको थियो।खासगरी रातको समयमा वा आकस्मिक अवस्थाहरूमा उपचार ढिलो हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर परेको थियो। अब भने नयाँ एम्बुलेन्स सेवाले ती समस्याहरूलाई धेरै हदसम्म समाधान गर्ने अपेक्षा गरिएको रामनगर गाउँपालिकाले जनाएको छ।
स्थानीय नागरिक,जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले एम्बुलेन्स सेवा सुरू भएकोमा खुशी व्यक्त गरेका छन्।नागरिकहरूले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई प्रत्यक्ष जीवनसँग जोडिएको सकारात्मक पहलका रूपमा लिएका छन्।यो नयाँ एम्बुलेन्स केवल यातायातको साधन मात्र नभई गाउँपालिकाका जनताको जीवन रक्षाको महत्वपूर्ण साधन रहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार