कार्यालय सहयोगीमा कटुवाल र हुलाकीमा पहाडी उतिर्ण

509 Shares

जिल्ला हुलाक कार्यालय सिन्धुलीले कार्यालय सहयोगी र हुलाकी पदका लागि लिएको छनोट परिक्षामा तीन पाटन गाउँपालिका ८ की एक जना र कमलामाई नगरपालिका ६ का एक जना  उतिर्ण भएका छन् ।जिल्ला हुलाक कार्यालय सिन्धुलीले माग गरेको एक जना कार्यालय सहयोगीका आवेदन १२ जनाको र एक हुलाकीका लागि १० जनाले आवेदन दिएका थिए।जसमा कार्यालय सहयोगी तर्फ पाँच जना र हुलाकी तर्फ सात जनाको सहभागीता रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।

उनका अनुसार छनोट परीक्षा अन्तरगतको पहिलो चरणमा भारी बोकाउने,दोस्रो चरणमा लिखित,तेस्रो चरणमा अन्तरवार्ताका साथै हुलाक कार्यालयका आन्तरिक कामहरु गरी छ चरणमा गरी सञ्चालन गरिएको परिक्षामा कार्यालय सहयोगी तर्फ कमलामाई नगरपालिका ६ का होम बहादुर कटुवाल र हुलाकी तर्फ तीनपाटन गाउँपालिका ८ की गीता पहाडी  उतिर्ण भएका छन् ।जिल्ला समन्वय समिति सिन्धुली, प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,डिभिजन वन कार्यालय,कोष तथा लेखा नियन्त्रक कार्यालय र पत्रकार सहितको परिक्षा सञ्चालन समितिले शनिबार दिनभर खटेर परिक्षा सम्पन्न गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित समाचार