अवैध खोला दोहन गर्ने ठेकेदार कम्पनीका प्रतिनिधिद्धारा समाचार संकलन गर्न पुगेका पत्रकारद्धय माथी दुव्र्यवहार

1.4k Shares

सर्लाहीको लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा रहेको लखन्देही नदीमा अवैध उत्खनन् भएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथी दुव्र्यवहार भएको छ । लालबन्दी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागी लगाएको ठेक्कामा ठेकेदार कम्पनीले गैर कानुनी रुपमा उत्खनन् गरेको भन्दै उत्खनन् स्थलमा प्रहरी टोलीसंग समाचार संकलनमा लागि पुगेका पत्रकारद्धय शंखर पहाडी(एस.पी.गौरब)र रमेश अधिकारी(रितिक)माथि ठेकेदार कम्पनीका प्रतिनिधिहरुबाट धम्की,दुव्र्यवहार गालीगलौज भएको हो ।

राष्ट्रिय समाचार समिति(रासस) र सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता एवम कमलामाई मिडिया प्रा.लि,सर्लाही सञ्चार गृह प्रा.लि,नेपाल पत्रकार सञ्जाल प्रा.लिका अध्यक्ष पत्रकार शंखर पहाडी(एस.पी.गौरब) र न्युज २४ टेलिभिजनका सर्लाही सम्वाददाता एवम कमलामाई मिडिया प्रा.लि,सर्लाही सञ्चार गृह प्रा.लि,नेपाल पत्रकार सञ्जाल प्रा.लिका बजार व्यावस्थापक रमेश अधिकारी(रितिक) माथी ठेकेदार कम्पनीका प्रतिनिधिले धम्की,दुव्र्यवहार गालीगलौज गर्नुका साथै क्यामेरा खोस्न खोज्ने,मोटरसाईकलको चावि खोस्ने लगायतका गतिविधि गरेका भन्दै सम्बध मिडियाहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।


लालबन्दी नगरपालिकाको मिति २०७९÷०६÷२८ गतेको निर्णयबमोजिम स्थानीय सरकार संचालन ऐन,२०७४को परिच्छेद ३ को घ(६)को व्यवस्था,मधेश प्रदेशको आर्थिक ऐन,२०७९ को दफा ७,“ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,२०७७”मा निर्धारित प्रक्रियामार्फत लालबन्दी नगरपालिकाले मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवनलाई रु ६० लाख ४५ हजार पाँच सयमा दिएको ठेक्कामा मापदण्ड विपरित स्काईभेटर लगाएर उत्खनन् गरिएको खबर पाएपछि पुगेको प्रहरी टोलीले दबर गरेपछि पुगेका पत्रकारद्धय एस.पी.गौरब र रमेश अधिकारी(रितिक)माथी प्रहरी कै अगाडी ठेकेदार कम्पनीका प्रतिनिधिले धम्की,दुव्र्यवहार गालीगलौज गर्नुका साथै क्यामेरा खोस्न खोज्ने,मोटरसाईकलको चावि खोस्ने लगायतका गतिविधि गरेका भन्दै सम्बध मिडियाहरुले गंभिरध्यानाकर्षण सहित प्रेस विज्ञप्ति जारी गरेका छन् ।
ठेकेदार कम्पनीका प्रतिनिधिबाट विभिन्न किसिमका अपाच्य गालीलगौज,धम्की र दुव्र्यवहार गरिदा पनि घटना स्थलमै रहेका प्रहरी मौन देखिनुले पत्रकारद्धय सम्बध मिडियाहरुको गंभिरध्यानाकर्षण समेत भएको छ । साथै ठेकेदार कम्पनीका प्रतिनिधिले आफु पनि सर्लाही कै भएकाले देखाई दिने भन्दै धम्की लाउनुले स्वतन्त्र पत्रकारीताको मर्म र भावनामाथी आँच पुग्नुका साथै समाचार संकलनको समयमा असुरक्षित समेत रहेको महसुस गर्दै धम्की लगाउने ठेकेदार कम्पनीका प्रतिनिधिलाई दहै सम्मको कानुनी कार्बाहीको समेत विज्ञप्ती मार्फत माग गरिएको छ ।


यता,सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित लखन्देही खोलाको ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि,बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा प्रहरीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका १ स्थित लखन्देही खोलाको ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि,बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त प्रहरी टोलीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको हो ।
लालबन्दी नगरपालिकाको मिति २०७९ असोज २८ गतेको निर्णय बमोजिम स्थानीय सरकार संचालन ऐन,२०७४को परिच्छेद ३ को घ(६)को व्यवस्था,मधेश प्रदेशको आर्थिक ऐन,२०७९ को दफा ७,“ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,२०७७”मा निर्धारित प्रक्रियामार्फत लालबन्दी नगरपालिकाले मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवनलाई रु ६० लाख ४५ हजार पाँच सयमा ठेक्का दिएको थियो ।
ठेकेदार कम्पनीले मापदण्ड विपरित स्काईभेटर लगाएर उत्खनन् गरिएको पाएपछि प्रहरीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए । उनका अनुसार ना ७ ख २६६५,ना ७ ख ८९२१,ना ७ ख ५९९५,ना ७ ख५४५६,ना ७ ख ६४३९,ना ७ ख २९८५,ना ७ ख ६७८९,प्र–२–०३–००१ ख ४२४३ नम्बर र प्र–२–०३–००१ख०२०१ नम्बरको टिपर र दुई वटा स्कारइभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका नौ टिपर र दुई स्कारभेटरका साथै तीनका चालकहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको र उनीहरुलाई स्थानीय सरकार संचालन ऐन,२०७४को परिच्छेद ३ को घ(६)को व्यवस्था,मधेश प्रदेशको आर्थिक ऐन,२०७९ को दफा ७,“ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड,२०७७”को मापदण्ड विपरित र ढुंगा,गिट्टी,बालुवा उत्खनन् बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८ अनुसार आवश्यक कार्बाही हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक विजय यादवले बताए ।
यता, लालबन्दी नगरपालिकाले आईइइ अनुसार ठेकका लगाएको र ठेक्कामा मापदण्ड विपरित भए नभएको विषयमा प्रहरीले समन्वय गरेकोभए राम्रो हुने र आफुहरुले पनि सम्झौता अनुसार भए नभएकोसथलगत अनुगमन गरि आवश्यक कार्बाही प्रक्रियामा जाने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए ।
सर्लाहीका नदीहरुका साथै चुरे फेदीहरुमा राष्ट्रिय गौरबका आयोजनाहरुका नाममा हरेक वर्ष मापदण्ड विपरित नदीजन्य पर्दाथको दोहन तथा उत्खनन् हुने गरेको भएपनि प्रहरीले नियन्त्रण्मा लिने र सामान्य कार्बाही पश्चात छुट्ने गर्दा दिनप्रतिदिन बिक्रितीको रुपमा यस प्रकारका कार्यहरु बढ्दै गई रहेका छन् ।

सम्बन्धित समाचार