सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ स्थित नाढीमन तालमा विपद् व्यवस्थापन पूर्वतयारी अभ्यास गरिएको छ।जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको आयोजनामा बिहीवार चन्द्रनगर गाउँपालिका ६ स्थित नाढीमन तालमा विपद् व्यवस्थापन पूर्वतयारी अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार चन्द्रनगर गाउँपालिका ६ स्थित नाढीमन तालमा जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेका हुन् ।
विपद् जोखिम न्यूनिकरणका लागि पूर्वतयारी स्वरुप गरिएको अभ्यास कार्यको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,भैरवी दल गण पाँच कुमारी व्यारेकका प्रमुख सेनानी सूूर्यबहादुर कार्की,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द लगायतले निरीक्षण गरेका थिए ।
सुरक्षाकर्मीले नाढीमन तालमा बाढिमा डुुबेका व्यक्तिको डुङ्गाको सहायतामा उद्धार अभ्यास गरेर देखाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार उनिहरुले ग्याँसबाट हुने आगलागी र घरमा अचानक हुने आगलागीका घट्ना कसरी नियन्त्र गर्न सकिन्छ भन्ने अभ्यास गरेर देखाएका थिए ।