Close This

प्रहरीको कमिसन असुल्ने नयाँ तरिका रातभरी मालबाहक सवारी साधन चेँकजाँच र कतै भन्सार छलीबाट चर्काे असुली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१० गते   २७२५ पटक हेरिएको

सर्लाहीको पुर्वी नाका नारयणबाट भन्सार छलीका कुखुराको व्यापार बढेको छ । प्रहरी चौकी नारायणपुर नजिककैको नाकाबाट प्रहरीको मिलेमतोमा भन्सार छलीका कुखुराहरुको कोरोवार बढेको हो । 
प्रहरी चौकी नारायणपुरका प्रहरी प्रमुख असइ गुधर यादवले कमिसन खाएर लाईन मिलाएपछि सो नाकाबाट भन्सार छली भेटेनरी नभएका कुखुराको कारोवार बढेको स्थानियले बताएका छन् । 
सिमाबाट भन्सार छलीका अन्य सामानहरु कम आउने भएपनि भन्सार छली भेटेनरी नभएका कुखुरा भित्रने गरेको स्थानियको भनाइृ छ। जसबाट असइ यादवले कमिसन असुल्ने गरेका छन् । 
त्यसैगरी  प्रहरी चौकी गौरीशंकरका असइ भगवान यादव पनि भन्सार छलीका सामानबाट कमिसन असुलीमा व्यस्त रहेका छन् । उनले भन्सार छलीको चिनी,सुर्तिजन्य पदार्थ,किरानाका सामानहरुका साथै कपडाहरुमा समेत कमिसन असुल्ने गरेको स्थानियको भनाई छ ।
भन्सार छलीको चिनी र एक भारतिय नम्बरको मोटरसाईकल सहित स्थानियले समातेर प्रहरीलाई बुझाए पनि प्रहरीले छाडेपछि सो रहस्य बाहिरिएको हो । 
यता, प्रहरी चौकी फुलजोरका असई रवि लामा पनि रातको समयमा ट्राफिक प्रहरी नलिइृ मालबाहक सवारी साधन चेकजाँच गर्ने र कमिसन असुल्नमा व्यस्त रहेका छन् । बोल्ने ढंग समेत नभएका असई लामा रातीको समयमा ट्राफिक प्रहरी पनि नलिई मालबाहक सवारी साधन चोकजाँच गर्नुको कारण पनि कमिसन असुली नै भएकोस्थानियले बताएका छन् । लामो समय जागिर भई सकेको भएपनि उनमा बौलने ढंग समेत छैन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीलाइृ जानकारी भएपनि मौन देखिनुलेउसको पनि कुनै न कुनै रुपमा संग्लग्नता रहेको स्थानियको आरोप छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech