हरिवन ११ बासाटोलको कृषि तथा पशुपंक्षि बजार व्यावस्थापन समिति गठन

1.2k Shares

 गणेश खड्का 
सर्लाहीको हरिवन नगरपालिका ११ स्थित बासाटोलमा रहेको कृषि तथा पशुपंक्षि बजार व्यावस्थापन समिति गठन गरिएको छ ।  हरिवन नगरपालिका ११ स्थित बासाटोलमा रहेको कृषि तथा पशुपंक्षि बजार संरक्षण गर्न भन्दै स्थानीय मोतिलाल श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय कृषि तथा पशुपंक्षि बजार संरक्षण समिति गठन गरिएको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए ।
वडा अध्यक्ष रेजाका अनुसार समितिको उपा अध्यक्षमा रामेश्वर चौधरी,ऋषिराम कडरिया,शम्भु गुरुङ्,डिल्ली बहादुर महत,देवी प्रसाद धमाला,महा सचिवमा मान बहादुर बुढाथोकी,सचिवमा शहदेव खत्री र कोषाअध्यक्षमा छत्र प्रसाद धमाला चयन भएका छन् । हरिवन नगरपालिका ११ स्थित बासाटोलमा रहेको कृषि तथा पशुपंक्षि बजारमा अनाधिकृत रुपमा निर्माण भएका टहराहरु र कृषि तथा पशुपंक्षि बजारको जमिनमा रहेका बाँसका झ्याङहरु हटाउन नगरपालिकाले सुचना समेत टाँस गरेको नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार कृषि तथा पशुपंक्षि बजारमा अनाधिकृत रुपमा निर्माण भएका हटरा हटाउन १० दिनको र कृषि तथा पशुपंक्षि बजारको जमिनमा रहेका बाँसका झ्याङहरु हटाउन १ महिनाको समयावधि दिएको सुचना टाँस गरिएको हो । समितिले कृषि तथा पशुपंक्षि बजारको जमिनको संरक्षण र व्यावस्थापनको काम गर्नुका साथै बजारलाई व्यावस्थापन गर्दैै लैजाने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

सम्बन्धित समाचार