सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित फुलजोर बाबा साझेदारी वन व्यवस्थापन समूह क्षेत्रबाट व्यापक मात्रामा सालको काठ तस्करी हुने गरेको पाइएको छ।डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको वन गस्ती टोलीले इश्वरपुर नगरपालिका १२ स्थित साझेदारी वन क्षेत्रबाट १३ थान सालको गोलिया सहित एउटा पिकअप भेन नियन्त्रणमा लिएपछि साझेदारी वन क्षेत्रबाट व्यापक मात्रामा काठ तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सहायक वन अधिकृत हिरोहित चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले सोमबार बिहान करिब साँढे १ बजे बा २ च ३२६४ नम्बरको पिकअप भेनमा लोड गरिएको छ थान र काटेर लोड गर्न तयार गरिएको सात थान गरी कुल १३ थान ८८ दशमलव ८८ क्युविफिट सालको गोलिया सहित तीन जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दए ।
उनका अनुसार विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सहायक वन अधिकृत चौधरीको नेतृत्वमा वन गस्तीमा निस्केको वनकर्मीहरुको टोलीले सोमबार बिहान करिब साँढे १ बजे बा २ च ३२६४ नम्बरको पिकअप भेनमा लोड गरि लैजान लागेको अवस्थामा छ थान र काटेर तयारी पारिएको सात थान गरि १३ थान कुल ८८ दशमलव ८८ क्युविफिट सालको गोलिया सहित तीन जना मानिसलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका मानिसहरुको विवरण डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले नखुलाएको भएपनि छिमेकी जिल्ला महोतरीको गौसाला नगरपालिका १२ कान्तिबजारका अन्दाजी वर्ष ४३ का रामधनी महतो,अन्दाजी वर्ष १९ का प्रदिप कुमार सिंह कुशवाहा र अन्दाजी वर्ष ४२ का शन दिलिप कुमार महतोलाई वनकर्मीहरुको टोलीले नियन्त्रणमा लिएको छ नियन्त्रणमा रहेका मानिसहरुले आफुहरुले यस अघिपनि सो क्षेत्रबाट काठ लगेको र लगिएको काठ महोत्तरी कै गौसाला नगरपालिका १२ कान्तिबजारका देव नारायण महतोका छोरा राजे महतोलाको रहेको बताएका छन् ।नियन्त्रणमा लिईएको काठ,पिकअप भेन र तीन जना मानिसलाई डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सहायक वन अधिकृत चौधरीले बताए ।