Close This

आदिवासी जनजाति दिवस लालबन्दीमा पनि मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२६ गते   २५४३ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा २७ औँ विश्व आदिवासी जनजाति दिवस सोमवार मनाइएको छ । नेपाल मगर संघ सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका ७ मा अन्तक्र्रिया र साँस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो ।
मगर संघका जिल्ला अध्यक्ष तेजनारायण आले मगरको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मगर संघका प्रदेश २ इन्चार्ज एवम केन्द्रीय सदस्य लेखराम जर्गा मगर, संघका पूर्व मध्यमान्चल उपाध्यक्ष नारायण खपाङ्गी मगर, आदिवासी जनजाति महासंघ सर्लाहीका उपाध्यक्ष वुद्धि बहादुर सुनुवार, महासंघकै पूर्व अध्यक्ष अमिरी शाह, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, नेकपा(विप्लव समूह)का जिल्ला सेक्रेटरी कमल सुस्लिङ लगायतको आतिथ्यता रहेको थियो ।
सन् १९९४ देखि मनाइँदै आएको विश्व आदिवासी जनजाति दिवसको यस वर्षको नारा ‘कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech