बाराको महागढीमाई नगरपालिका ६ बाट प्रहरीले प्रतिवन्धीत लागु औषध गाँजा सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । महागढीमाई नगरपालिका ६ मा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीलाई देखेपछि अन्दाजी २९ किलो प्रतिवन्धीत लागु औषध गाँजा फालेर मोटरसाईकल भागेकोमा खोजतलास गर्दै जाँदा महागढिमाई नगरपालिका ११ स्थित मधुरी मोटोलको बासँ घारीमा प्रदेश २–०३–०२२ प ४५३५ नम्बरको मोटरसाईकल बरामद् भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार महागढीमाई नगरपालिका ६ मा विशेष सुचनाको आधारमा खटिएको प्रहरीको चेकजाँच टोलीलाई देखेपछि प्रतिवन्धीत लागु औषध गाँजा लिएर आउँदै गरेको प्रदेश २–०३–०२२ नम्बरको मोटरसाईकल प्रतिवन्धीत लागु औषध गाँजा फाली भागेको थियो ।पछि खोजतलास गर्ने क्रममा महागढिमाई नगरपालिका ११ स्थित मधुरी मोटोलको बासँ घारीमा उक्त मोटरसाईकल बरामद् भएको भएपनि मानिस भने फरार रहेका छन् । नियन्त्रणमा लिइएको प्रतिवन्धीत लागु औषध गाँजा र मोटरसाईकलको सवालमा आवश्यक अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।