Close This

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा र कांग्रेस सिन्धुलीद्धारा विरोध प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१४ गते   ४०५ पटक हेरिएको

प्रतिनिधि सभा  विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले मंगलबार जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा प्रचण्ड–नेपाल–खनाल समूहका नेता कार्यकर्ताहरुको हजारौँको संख्यामा सहभागीता रहेको  नेकपा सिन्धुलीले जनाएको छ ।
 जिल्लाका विभिन्न स्थानबाट जिल्ला  सदरमुकाममा पुगेर विरोध ¥यालीमा सहभागी भएका नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे विरोध गरेका नेकपा सिन्धुलीका नेता वसन्त भट्टराईले जानकारी दिनु भयो ।
 जिल्ला सदरमुकाम सिन्धुलीमाढीको बजार परिक्रमा गरी लोकतान्त्रीक चौतारोमा पुगेर विरोध र्याली कोण सभामा परिणत भएको थियो । विरोध सभालाई पुर्व कृषि मन्त्री एवमं पार्टीका नेता हरिवोल गजुरेल, अर्का केन्द्रीय सदस्य एवम सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य गणेश कुमार पहाडी,केन्द्रीय सदस्य एवम पार्टी जिल्ला इन्चार्ज राजन दाहाल(लेखनाथ) लगायत जिल्लाका नेकपाका नेताहरुले  सम्वोधन गर्नु भएको सिन्धुलीबाट हाम्रा सहकर्मी सोमप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
विरोध र्यालीमा पुगेका नेकपाका नेता तथा कार्यकर्ताहरुले  झण्डा बोकेर टाउकोमा कालो पट्टी बाँधी प्रधानमन्त्री ओलीको चर्काे विरोध गरेका थिए ।  संविधानलाई लत्याउँदै प्रधानमन्त्री ओलीले चालेको कदमको कार्यक्रममा सहभागी वक्ताहरुले चर्को विरोध गरेका थिए । भने ओलीवाद सधैँका लागि अन्त्य हुनु पर्ने वक्ताहरुको भनाई छ । नेकपाको प्रचण्ड–नेपाल–खनाल गुटले मंगलबार देशभर नै एकैसाथ यसरी प्रदर्शन गरेको हो । 
यता केही दिनदेखि जिल्लाको निर्वाचन क्षेत्रगत रुपमा विरोधका कार्यक्रमहरु निरन्तर भईरहेका छन् । पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लामा विभिन्न चरणका कार्यक्रमहरु जारीरहेका नेकपा सिन्धुलीले जनाएको छ ।

त्यसैगरी  प्रतिनिधि सभा बिघटनको बिरुद्ध नेपाली काँग्रेसले पनि सिन्धुलीको दुबै निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न गरेको छ । क्षेत्र नम्बर १ को दुधौली नगरपालिका र २ को मरिण गाँउपालिकामा सम्पन्न बिरोध सभामा बक्ताहरुले प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको प्रतिनिधि सभा बिघटन असंबैधानिक भएकोले यस्को फिर्ता गर्नुपर्ने धारणा ब्यक्त राखेका थिए । 
दुधौलिमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको तर मुद्दा अदालतमा पुगेकोले लोकतन्त्रीक विधि अनुरुप अदालतको निर्णयलाई पर्खिनु पर्ने बताउनु भयो। अदालतको निर्णय पश्चात् कांग्रेसले थप कदम चाल्ने उहाको भनाई छ ।


दुधौलीमा भएको कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेस सिन्धुलिका सभापती उज्वल बराल, पुर्ब सभापती मोहन बराल र महासमिती सदस्य प्रेमचन्द्र दाहाल, अतिथिहरु नेता विनोद गुरुङ्ग र भातृसस्थाको तर्फवाट नेपाल महिला संघ सिन्धुलीका सभापति गंगा दाहालले मन्तव्य राख्नुभएको थियो । दुधौली नगर कार्यसमितिका सभापति कुमार वस्नेतले स्वागत मन्तव्य राख्नुभएको सभामा अतिथिहरु गोलन्जोर गाँउपालिका अध्यक्ष पुष्प कार्की, दुधौली नगरपालिका १ नम्वर वडा अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष गोविन्द पहाडी, महाधिवेशन प्रतिनिधि प्रेम भट्टराई, रित परियार लगायतको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व छेत्रीय सभापती कर्ण थापाले गर्नुभएको थियो। 
त्यसैगरी मरिणको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस सिन्धुलिका उपसभापती खड्ग वाइवा हुनुहुन्थ्यो।  अतिथी महासमिती सदस्य नरेन्द्रजंग थापा, नेता मणिक ढकाल, जिल्ला सचिवद्धय दिपक घिमिरे, कृष्ण दाहाल, जिल्ला कार्यसमिति सदस्य तथा महासमिति सदस्य उपेन्द्र पोखरेल, असिमजङ्ग थापा, छेत्र वम्जन, दिपक मिश्र लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व छेत्रीय सभापती जगत बहादुर भोलनले गर्नु भएको थियो । 
                                                                                                                                        सोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech