मलंगवामा सडक अतिक्रमण हटाउन अभियान सञ्चालन हुँदै

203 Shares

सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउन मलंगवा नगर संरक्षण तथा सुधार समिति तातेको छ ।सार्वजनिक सडक र फुटपाथमा पसल,ठेला,अस्थायी संरचना तथा विभिन्न सामाग्री राखेर अतिक्रमण गरिँदा सवारी आवागमन तथा पैदल यात्रीहरुलाई समेत हिड्न समेत समस्या भएका कारण समितिले प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई एक ज्ञापन पत्र बुझाउँदै आफुहरुको अभियानलाई साथ दिन सहयोग मागेको समितिका अध्यक्ष चन्दन कुमार सिंहले बताए ।
मलंगवा नगरपालिकाका १२ वटै वडाहरुमा सार्वजनिक सडक र फुटपाथमा पसल,ठेला,अस्थायी संरचना तथा विभिन्न सामाग्री राखेर अतिक्रमण गरिँदा यातायात आवागमनमा समस्या,सवारी जाम,दुर्घटनाको जोखिम वृद्धि हुनुका साथै आपतकालीन सेवामा समेत अवरोध पुगेका कारण आफुहरुले अभिायन सञ्चालन गर्न लागिएको अध्यक्ष सिंहले बताए ।
समितिले प्रमुख जिल्ला अधिकारी कडरियालाई बुझाएको ज्ञापन–पत्रमा प्रचलित कानुन तथा स्थानीय नियम अनुसार सार्वजनिक सडक र फुटपाथ अतिक्रमणमुक्त राख्न आवश्यक रहेको उल्लेख गरिएको छ।साथै,अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।
समितिले आफुहरुको अभियानलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,मलंगवा नगरपालिका तथा सम्बन्धित वडा कार्यालयहरुको सहकार्य आवश्यक रहेको भन्दै पत्र बुझाएको छ ।नगरको व्यवस्थित विकास,सुरक्षित आवागमन र सुन्दर सहर निर्माणका लागि सबै निकायको सक्रिय भूमिका अपरिहार्य रहेको समितिको ज्ञापन पत्रमा भनिएको छ ।

सम्बन्धित समाचार