नेपाल कम्युनिस्ट पार्टी १३ वर्षपछि संसदीय राजनीतिमा फर्किएको छ।आगामी फागुन २१ गतेलाई घोषणा भएको निर्वाचनमा भाग लिने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी १३ वर्षपछि संसदीय राजनीतिमा फर्किएको हो ।सर्वपक्षीय अन्तरिम सरकार र संविधान पुनर्लेखन,राज्य पुनर्संरचना,प्रत्यक्ष निर्वाचित कार्यकारी, समाजवादी संघीयता, आम निर्वाचन,भ्रष्टाचार विरोधी शक्तिशाली नागरिक आयोग गठन, भ्रष्टाचारका मुद्दाको अन्तिम फैसला हुने विशेष अदालत, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण र भ्रष्टलाई जन्मकैद,एक हजार र पाँच सयका नोटबन्दी,राष्ट्रिय स्वाधीनताको रक्षा,देशद्रोेही गैर सरकारी तथा अन्र्तराष्ट्रि गैर सरकारी संस्था खारेज,सांस्कृतिक अतिक्रमण बन्द गरेर जन संस्कृतिको रक्षा, कम्युनिस्ट केन्द्रको निर्माण,गोलमेच सम्मेलन र निर्वाचन सुरक्षाको लागि उच्च स्तरीय संयन्त्र गठन लगायतका विषयमा चर्काे भाषण गरि रहेको नेपाल कम्युनिस्ट पार्टी १३ वर्षपछि संसदीय राजनीतिमा फर्किएपछि नेपाली राजनीतिमा फेरी केही उतार चढाव आउने सम्भावना देखिएको जानकारहरु बताउँछन् ।राष्ट्रको प्रतिष्ठाको लागि भन्दै पार्टी निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए।आगामी निर्वाचनमा सहभागी हुने विषयमा पार्टीका विभिन्न तह र तप्कामा छलफल गरेर पार्टीलाई मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको उनले दाबी गरे ।
२०८१ वैशाखमा कपिलवस्तुस्थित शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले २०८४ मा हुने आवाधिक निर्वाचन उपयोग गर्ने र जनताको चाहना अनुसार आफैंले फैसला गर्न पाउने एउटा प्रजातान्त्रिक विधि निर्वाचन भएकाले पनि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द(विप्लव) ले बताए ।
भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भई नेकपा(एमाले) काअध्यक्ष एवम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गरी २०८२ फागुन २१ गते निर्वाचन घोषणा गरेपछि नेपाल कम्युनिष्ट पार्टीले औपचारिक रुपमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।निवेदन उपर छानबिन र रुजु गरी दर्ता प्रक्रिया अगाडि बढाउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।संसदीय राजनीति बुर्जुवाहरूको पक्षपोषण गर्ने माध्यम भएको निष्कर्ष निकाल्दै नेपाल कम्युनिष्ट पार्टीले २०६९ असारमा तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट मोहन वैद्य(किरण) सँगै अलग भएको थियो ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरी जनविद्रोेहबाट सत्ता कब्जा गर्ने घोषणा गरेको थियो।तर किरणसँग पनि नेपाल कम्युनिष्ट पार्टीको सम्बन्ध राम्रो नभएपछि एकीकृत जनक्रान्तिबाट जनसत्ता स्थापना गर्ने उद्घोष गर्दै २०७१ मंसिर ८ गते राष्ट्रिय नाचघरमा भेला गरी नेकपा (माओवादी क्रान्तिकारी) घोषणा भएको थियो ।पार्टी घोषणासभामा तत्कालीन नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव विप्लवले संसद् खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भएकाले संसदीय राजनीति बहिष्कार गर्ने स्पष्ट पारेका थिए । विप्लवले एकीकृत क्रान्तिका लागि बन्दुक आवश्यक नपर्ने र दिमाग नै बन्दुक भएको बताएका थिए । पछि पार्टी पुनर्गठन गरी विप्लवले नेपाल कम्युनिस्ट पार्टी राखेका भएपनि नेकपा लोकनारायण सुवेदीको नाममा पहिल्यै आयोगमा सूचीकृत भएकाले उक्त नाम दर्ता हुन सकेन ।
यद्यपि १३ वर्षमा बुलेटको बाटो छाडेर ब्यालेटमार्फत एकीकृत क्रान्ति सफल बनाउने रणनीतिमा विप्लव लागेका छन् । विप्लवले गएको वैशाख १५ गते निर्वाचन आयोग पुगेर मतदाता नामावलीमा अद्यावधिक गरेका थिए ।जेनजी विद्रोेहपछि असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले आयोगमा दल दर्ता गरी नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्णय ग¥यो ।साथै,वामपन्थी शक्तिबिच ध्रुवीकरण,समाजवादी मोर्चाको सुदृढीकरण तथा पार्टी एकतासम्मका लागि पहल गर्ने निर्णय ग¥यो ।नेकपा(माओवादी केन्द)सँग पार्टी एकता गर्ने निर्णय गरेपनि वैचारिक,सैद्धान्तिक र सांगठनिक रुपमा कुरा नमिल्दा निष्कर्षमा पुगेको छैन ।
संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्धको आंशिक उपलब्धि भएपनि अहिलेको व्यवस्थाबाट निकास ननिस्कने विप्लवको बुझाइ छ । अब देशको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले मात्र गर्न सक्ने भएकाले एकपटक राज्यसत्तामा पुगेर देशको नेतृत्व गर्न चाहेको स्पष्ट पार्दै आएका छन् ।२०७४ मा सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो।भूमिगत बाटोबाट जनक्रान्तिलाई अगाडि विप्लवको योजनामा ठुलो धक्का लाग्यो ।भूमिगत बाटोलाई निरन्तरता दिँदा पार्टीले ठुलो क्षति व्यहोर्ने देखेपछि नेपाल कम्युनिष्ट पार्टीले २०७७ फागुन २१ गते सरकार समक्ष तीनबुँदे सहमति ग¥यो।
त्यसयता विप्लवले एकीकृत जनक्रान्ति र आर्थिक उत्पादनलाई सँगसँगै लैजाने नीति लिँदै आएको छ।विप्लवले नेपालमा यान्त्रिक खालको समाजवादको सम्भावना नभएको बताउँछन् ।गणतन्त्र स्थापनापछि पनि विदेशीकै नक्कल गर्दा राष्टिूयता कमजोर हुँदै गएको उनको विश्लेषण छ ।
२०६१ मा जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्व निर्णयप्रति त्यतिबेला विप्लवले खरो विरोध गरेका थिए।२०६४ साउनको तेस्रो साता सम्पन्न बालाजु विस्तारित बैठकमा विद्रोहको कार्यदिशा अँगाल्न नेतृत्व समक्ष दबाब बढाए।उनलाई किरण,राम बहादुर थापा(बादल),चन्द्र प्रकाश गजुरेल(सिपी)लगायतले साथ दिएका थिए ।
पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा २०६९ असारको पहिलो साता पुष्प कमल दाहाल(प्रचण्ड) नेतृत्वको माओवादीमा विभाजन आयो।सोही वर्ष सम्पन्न महाधिवेशनले किरण अध्यक्ष,बादल महासचिव र विप्लव सचिव भए।विभाजन भएर बनेको नेकपा((माओवादी)ले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार ग¥यो ।यद्यपि वैद्यको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै नेकपा((माओवादी)पनि फुट्यो।२०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेका विप्लवले २०७३ फागुनमा पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राखेका थिए ।
२०७९ वैशाखमा बसेको केन्द्रीय समिति बैठकमा उनले आवधिक निर्वाचन उपयोग गर्ने नीति लिएपछि असन्तुष्ट हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला समूहले पार्टी विभाजन गरेका थिए ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक वर्षअघि माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तर वामपन्थीबिच ध्रुुवीकरण र एकताको निर्णय यथावत् रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव बताउँछन् । शान्ति प्रक्रियामा आएको १८ वर्षमा संसदीय राजनीतिको खेलमा प्रचण्ड नेतृत्वको माओवादी बदनाम भइरहेका बेला विप्लवले के गर्छन् भन्ने राजनीतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री, मन्त्री,सांसद तथा राजनीतिक नियुक्तिको पटक(पटक लाभ लिइसक्दा विप्लवले भने अहिलेसम्म कुनै राजकीय पदको लाभ नलिएका परिक्षण योग्य पात्र हुन।आगामी निर्वाचन विप्लवका लागि राजनीतिक परीक्षा अवसर र चुनौती दुवै देखिन्छ । भने पार्टी भित्र केही नेताहरु फेरीपनि संसदीय राजनीतिमा नेपाल कम्युनिष्ट पार्टीले सहभागीता जनाउन नहुने पक्षमा देखिएका छन् ।यता चिरन पुन सहितको केही नेताहरुल विप्लवको पछिल्लो निर्णैयका विरुद्धमा विद्रोहको घोषणा नै गरि सकेका छन् ।विप्लवले १५ गते देशैभरी मलास जुलुस गर्ने घोषणा गरेका छ ।