लायन्स क्लब लालबन्दी सेन्चुरिकाे अध्यक्षमा राउत

679 Shares

दुर्गा कुमारी अधिकारी

सर्लाहीकाे लालबन्दी  स्थित रहेकाे लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको बर्ष २०२३/२४ को अध्यक्षमा मोहन राउत चयन भएका छन ।  क्लबको बैठकले नयाँ पदाधिकारी चयन गर्दा अध्यक्षमा राउत चयन भएका हुन ।

बैठकले उपाध्यक्षमा सन्तोष आचार्य,सचिवमा विश्वकृष्ण थापा र कोषाध्यक्षमा रमेश खड्कालाई सर्बसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष राउतले जानकारी दिए ।  लायन्स क्लबले  आफ्नाे क्यालेन्डर समेत विमोचन गरेकाे छ ।

लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र बलम्पाकी ‘दिपक’ को समेत उपस्तिथिमा भएको क्यालेन्डर विमोचन कार्यक्रम उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी(दिपक),सुशील दाहाल,साकार शर्मा, जोन चेयर पर्सन गोपाल श्रेष्ठ लगायत क्लबका पदाधिकारीहरुकाे विशेष उपस्थिति रहेकाे थियाे  ।

नव निर्वाचित अध्यक्ष राउतका अनुसार लायन्स क्लबले वर्षभरि गर्ने कार्यक्रम तालिका सहितकाे क्यालेन्डर विमाेचन गरिएको हाे । निस्वार्थ भावले समाजसेवा गर्नेलायन्स क्लबले सामाजिक हित र समाजसेवा गर्न चाहने सबैलाई क्लबमा आबद्ध भएर एकजुट भई समाजसेवामा लाग्न आग्रह  गरेकाे छ ।

सम्बन्धित समाचार