Close This

९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ७२

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१३ गते   २९४ पटक हेरिएको

नेपालमा मंगलबार मात्रै ९० जनामा कोराना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताउनु भयो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । जस मध्ये ३५ जना मात्र प्रदेश २ का रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२ , नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech