पत्रकार महासंघ सर्लाहीमा नौ जना निर्विरोध चयन, अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्षका भोलि मतदान हुने

413 Shares

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका दुई जना पदाधिकारी र सात जना सदस्य निर्विरोध चयन भएका छन्।भोली हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा उम्मेदवारी दिएकामा खुल्ला सह सचिवमा जनार्जन खत्री र समावेशी सह सचिवमा लक्ष्मण राय यादव निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी जिल्ला सदस्य (खुल्ला) तर्फ अमलेश कुमार शर्मा र राधेश्याम कुशवाहा,आदिवासी जनजाति सदस्यमा रीना आले मगर,मधेशी सदस्यमा निरज कुमार यादव,दलित सदस्यमा बुद्ध बहादुर विश्वकर्मा,महिला सदस्यमा मनिषा कुमारी कुशवाहा र अन्य समावेशी सदस्यमा बच्चेलाल पण्डित निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ ।महासंघको केन्द्रीय परिषद् सदस्यमा शंकर श्रेष्ठ र सत्यप्रकाश यादवको उम्मेदवारी पर्दा केन्द्रीय परिषद् सदस्य महिलामा पुस्तिका केसी र प्रदेश परिषद् सदस्यमा प्रकाश मैनाली निर्विरोध चयन भएका छन्।
महासंघको जिल्ला अध्यक्ष,दुई उपाध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा भने एक भन्दा बढीको उम्मेदवारी परेपछि भोलि हरिपुरस्थित रेडक्रस भवनमा मतदान हुने भएको छ।महासंघको जिल्ला शाखा सर्लाहीमा अध्यक्ष पदका लागि ओम प्रकाश ठाकुर र राम गोविन्द राय यादव,उपाध्यक्षमा मनोज कुमार यादव (ख) र मुकेश झा,महिला उपाध्यक्ष तर्फ मीरा रानी,बन्दना झा र सरिता सापकोटा,सचिवमा कृष्णा सिंह,सिंहबहादुर थापा (श्रवण) र सोम दियालीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 
त्यस्तै,कोषाध्यक्षमा घनश्याम बलम्पाकी मगर र घनश्याम सिंहले उम्मेदवारी दिएका छन्।जिल्लाका यि पदाधिकारी चयनका लागि भोलि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुदैछ।मतदानमा नेपाल पत्रकार महासंघ सर्लाही शाखामा सदस्य रहेका जिल्लाभरका ६२ जना पत्रकारहरुले मतदान गर्ने छन्।सर्लाही सहित देशैभर एकसाथ हुने पत्रकार महासंघको निर्वाचनमा प्रत्येक सदस्यले जिल्ला,प्रदेश र केन्द्रीय कार्य समितिलाई मतदान गर्ने छन् ।हरेक वर्ष आलोपालो गरिने सर्लाहीमा यस वर्ष भने निर्वाचन प्रक्रियाबाटै पदाधिकारी र सदस्य चयन हुने भएका हुन ।

सम्बन्धित समाचार