सर्लाहीका करिब आठ हजार विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेका पाइएको छ।आठ हजार दुई सय ७७ जना विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका निमिक्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए । उनका अनुसार जिल्लाका २० वटै पालिकाबाट गरी तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेका हुन ।
जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिका क्षेत्रका पाँच देखि १२ वर्ष उमेर समूहका तीन सय ६९ जना बालिकाहरु र चार सय ६३ जना बालकहरु गरी आठ सय ३२ जना विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेका छन् भने सबैभन्दा कम पर्सा गाउँपालिका क्षेत्रका एक सय १५ जना बालिकाहरु र एक सय २७ जना विद्यालय उमेर समुहका बालकहरु गरी दुई सय ४२ जना विद्यालय उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीले जनाएको छ ।
विशेष गरेर विपन्न,दलित तथा मुस्लिम समुदायका अभिभावकहरुमा आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने चेतना नभएको पाइएको बृहत्त राष्ट्रिय शिक्षा अभियानका अभितान्ता अभिषेक घिमिरेले बताए ।उनका अनुसार विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकाहरुलाई भर्ना अभियान मार्फत विद्यालयमा ल्याइने काम जिल्ला भरी नै भएको भएपनि अभिभावकहरुको धारणा परिवर्तन नहुँदा सम्म बालबालिकाहरु विद्यालय भन्दा बाहिर रहने छन् ।जिल्लाका अधिकांश पालिकाहरुमा विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालय सम्म ल्याउने अभियानै बनाएर आफुहरु लागि परेको भएपनि अभिभावकहरुमा आफ्ना छोराछोरीलाई पढाउनु पर्छ भन्ने धारणा जागृत नहुँदा सम्म यो समस्या रहि रहने शिक्षा विद्धहरुको भनाई छ ।
धेरै अभिभावक आफ्नौ दैनिकी चलाउन पनि बिहानदेखि बेलुका सम्म काममा खटिनु पर्ने बाध्यता रहेकाले पनि आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउन नपाउने बाध्यत्मक अवस्था रहेका शिक्षाविद्धहरुको बुझाई छ।जिल्ला भरी नै विद्यालयका शिक्षक,शिक्षिका,व्यवस्थापन समितिका पदाधिकारीहरुका साथै जनप्रतिनिधिहरुको उपस्थितिमा ¥याली तथा घर दैलो कार्यक्रम नै बनाएर भर्ना अभियान सञ्चालन भइरहेको छ ।