सर्लाहीको लालबन्दी नगरपालिका १७ प्रताप टोलबाट लागु औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका १७ प्रताप टोल स्थित भित्रि सडक खण्डमा बयलबासबाट लालबन्दी तर्फ आउदै गरेको अवस्थामा शंकालागि चकेजाँच गर्दा उनिहरुको साथबाट DIALEX-DC १०० ML को ९८ बोतल र नाईट्राभेट २ सय ९ ट्याब्लेट फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
गस्तीमा रहेको प्रहरी टोलीले ज ९ प ३७९८ नम्बर र BR 30 Z 4696 नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गरेको थियो । लागु औषधसहित पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका २ का अन्दाजी वर्ष १८ का मनोज कुमार साह,भारतको सितामणि सोनवर्षा ग्राम पञ्चायत वाड नं १४ वस्ने अन्दाजी वर्ष २९ का कृष्ण महतो र अन्दाजी वर्ष १८ का सन्जिब साह रहेका प्रहरीले जनाएको छ ।
उनिहरुलाई मोटरसाईकलमा सेतो बोरामा राखी लागू औषध ल्याएदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा पक्राउ गरिएको प्रहरीको भनाई छ । नियन्त्रणमा लिएको लागु औष, २ वटा मोटरासईकल र ३ जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।