पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

2.4k Shares

सर्लाहीका  क्रियाशिल पत्रकारहरु तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । लालबन्दीमा भएको एक अनौपचारीक कार्यक्रममा पत्रकारहरुलाई एन ९५ माक्स,पन्जा, सेनिटाइजर  प्रदान गरिएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सीलका केन्द्रीय सदस्य गोबिन्द चौलागाईले कोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको बढ्दो सन्त्रासका बीच पनि उत्कृष्ट रुपमा निरन्तर जनताप्रति उत्तरदायी भइ काम गरिरहेको भन्दै सबै क्षेत्रबाट हौसला प्रदान हाृस भन्नका लागि जिल्लाको वस्तुगत समस्याहरुका साथै समाधानका विषयमा अनौपचारीक छलफल हुनुको साथै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
केन्द्रीय सदस्य चौलागाईले यस संकटको समयमा अहोरात्र दिनरात नभनी, आफ्नो जीवनको समेत प्रबाह नगरीसमाचार संकलन तथा सम्प्रेषण गरि जनतालाई सुसूचित गर्ने प्रमुख भुमिकामा रहेका राज्यको चौथो अंगका सञ्चारकर्मी तथा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्रीको ब्यबस्थापन सरकारले पनि गर्नु पर्ने बताउनु भयो ।
उहाँले सरकारको ध्यान नपुगेकाले केही मात्र भएपनि आफ्नो व्यक्तिगत लगानीमा सहयोग गरेको बताउनु भयो ।  रौतहट घर भएका केन्द्रीय सदस्य चौलागाईले सर्लाही लगायत रौतहटका पत्रकारहरु तथा सञ्चारकर्मीहरुलाई सहयोग गर्नु भएको होे । 

सम्बन्धित समाचार