Close This

सर्लाही प्रतिनिधि सभा १ र १(ख) प्रदेश सभाका स्वतन्त्र उम्मेदवार चुनावी अभियानमा जुटे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२७ गते   १०७२ पटक हेरिएको

सर्लाहीको क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य र सर्लाही १(ख)को प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवारहरु चुनावी अभियानमा लागेका छन् । सर्लाहीको क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का र सर्लाही १(ख)को प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठ चुनावी अभियानमा लागेका हुन ।
सर्लाही क्षेत्र नम्बर १ का जनताको चाहना अनुसार कुनै पनि पार्टीका नेता विरुद्ध नभई जनताको चाहना अनुसार आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउँदै आएका उनिहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरे लगतै उनिहरु चुनावी अभियानमा लागेका हुन ।
सर्लाहीको क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार खड्कालाई पुतली र सर्लाही १(ख)को प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार श्रेष्ठलाई निर्वाचन आयोगले जेब्रा चुनाव चिन्ह प्रदान गरेको छ ।
लालबन्दी नगरपालिका ४ घर भएका सर्लाहीको क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार खड्का स्थानिय निकायको निर्वाचन २०७४ मा लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएका थिए भने लालबन्दी नगरपालिका ८ घर भएका सर्लाही १(ख)को प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार श्रेष्ठ स्थानिय निकायको निर्वाचन २०७४ मा लालबन्दी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
जनप्रतिनिधि हुनु पहिला देखि नै सामाजिक काममा तत्लीन भएका खड्का नेकपा(एमाले)को तर्फबाट उम्मेदवार भई नगरप्रमुख निर्वाचित भएका थिए भने नेकपा(माओवादी केन्द्र)को तर्फबाट उममेदवार भई श्रेष्ठ लालबन्दी नगरपालिका ८ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
सालिन एवम भद्र युवा नेताका रुपमा परिचित खड्का र श्रेष्ठले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । जनप्रतिनिधि हुँदा सम्बन्धीत क्षेत्रका नागरिकहरुको मनमा बस्न सफल उनिहरुको जीत सुनिश्चीत रहेको नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता केदार काफ्लेले बताए । काफ्लेका अनुसार उनीहरु आंउदो मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनावका लागि आफ्नो चुनाव चिन्ह सहित  चुनावी अभियानमा लागेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech