Close This

बलरा नगरपालिका २ मा कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२३ गते   १४५ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको बलरा नगरपालिका २ मा कारले ठक्कर दिँदा अन्दाजी १८ महिने शिशुको मृत्यु भएको छ । सोमबार साँझ भारततर्फ जन्ति लिएर हिँडेको एचआर २६ सीएच ९७०६ नम्वरको कारले ठक्कर दिँदा बलरा नगरपालिका २, हथिऔलका हरेराम सहनकी छोरी अन्दाजी १८ महिनाकी माया कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
प्रहरीका अनुसार शिशुलाई बाटोमा खेलिरहेका बेला कारले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटना लगत्तै शिशुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार मृतक बालिकाको शव सोही अस्पतालमा पोष्टमार्टम पश्चात मंगलबार दिउँसो परिवारले बुझेका छन् । प्रहरीले दुर्घटनामा संलग्न कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech