Close This

बागमतीबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ,लागु औषधका विरुद्ध आक्रामक बन्दै प्रहरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३० गते   ३७९ पटक हेरिएको

ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले सर्लाहीको बागमतीबाट ६ किलो ५० ग्राम लागु औषध गाँजा सहित २ जनालाई  पक्राउ गरेको छ ।
वागमती नगरपालिका ११ को हरिहरपुरगढी क्षेत्रबाट १ जना पैदल यात्रीलाई सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ का अन्दाजी वर्ष २३ का सुभाष जिम्वालाई २ किलो ८ सय ५० ग्राम र कगमती नगरपालिका ११ अन्र्तगतको पुर्व पश्चीम लोकमार्गबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ कै वर्ष अन्दाजी २७ का बुद्धिमान गोलेलाई ३ किलो २ सय ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक उपाध्यायको कमाण्डमा रहेको प्रहरी टोलीले गस्ती गर्ने क्रममा मंगलबार शंका लागि चेकजाँच  गर्दा फरक फरक समयमा जिम्वा र गोलेको साथबाट सो लागु औषध गाँजा बरामद् गरेको हो । लागु औषध गाँजा सहित पक्राउ परेका उनिहरुलाई आवश्यक कार्बाहीका लागी ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो ।
भित्रि मधेशमा उत्पादन हुने लागु औषध गाँजा सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रबाट जिल्लाकाबा विभिन्न बाटाहरुको प्रयोग गर्दै भारतका विभिन्न बजार सम्म पनि पुग्ने गरेको  प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीको आँखा छलेर जंगलको बाटो हुँदै लागु औषध कारोवारीहरुले लागु औषध गाँजा ओसार पसार गर्ने गरेका सुचनाहरु पनि आउने गरेका भन्दै प्रहरी लागु औषध नियन्त्रण अभियानमा निरन्तर लागेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech