हरिपुर प्रहरीद्वारा ठुलाे मात्रामा घरेलु मधिरा बरामद् गरि नष्ट

2.5k Shares

सर्लाहीको  ईलाका प्रहरी कार्यालय हरिपुरले ठुलाे मात्रामा घरेलु मधिरा नियन्त्रणमा लिएर नष्ट गरेकाे छ । ईलाका प्रहरी कार्यालय हरिपुरले हरिपुर नगरपालिका २ बाट ठुलाे मात्रामा घरेलु मधिरा नियन्त्रणमा लिएर नष्ट गरेकाे हाे ।
हरिपुर नगरपालिका २ हरिपुर बजारबाट २ सय ६४  लिटर घरेलु मधिरा  नियन्त्रणमा लिएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक विजय कुवरले जानकारी दिनुभयाे । उहाँका अनुसार हरिपुर नगरपालिका २ हरिपुर बजारबाट व्यापारीक प्रयाेजनका लागि नवलपुर तर्फबाट मलंगवा तर्फ यात्री बसमा राखेर लैजादै गरेकाे अवस्थामा विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएर नष्ट गरिएको हाे ।
नियन्त्रणमा लिएको घरेलु मधिरा नष्ट गर्ने कार्यक्रममा प्रदेश सभा सदस्य अशाेक यादव,निवर्तमान नगरपालिका नगर प्रमुख जमरूदिन मन्सुर लगायत स्थानिय जनप्रतिनिधिहरुकाे विशेष उपस्थितिमा मधिरा नष्ट गरिएको प्रहरी निरिक्षक कुवरले बताउनु भयो ।

सम्बन्धित समाचार