दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिकाको १० औँ नगर सभा माफर्त आर्थिक वर्ष २०८०÷०८१ को बजेट अधिवेशन सुरु गरेको छ । लालबन्दी नगरपालिका १० को वडा कार्यालय परिसरमा नगर सभाको शनिबार उद्घाटन भएको हो । नगरपालिकाले १० औँ नगर सभा मार्फत आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम नगर प्रमुख बासुदेव अधिकारीले प्रस्तुत गरेका थिए भने आईतबार बजेटसहितको कार्यक्रम प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।

उनका अनुसार शनिबार नगरपालिकाको नगर सभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम पारित समेत गरेको छ । नीति तथा कार्यक्रममा सडक सञ्जालको निर्माण,चुरेक्षेत्रका नदी नियन्त्रण, चुरेक्षेत्रमा वृक्षारोपण तथा संरक्षण गरी चुरेलाई अमूल्य सम्पदाको रुपमा विकास,सतप्रतिसत नागरिकमा विद्युत्,खानेपानी,आधारभूत पूर्वाधारको प्रवन्धलगायतलाई प्राथमिकता दिइएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम नगर प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिए ।