लालबन्दी नगरपालिकाको जग्गा सहयोगमा रेडक्रस लालबन्दीको भवन बन्ने,बुधबार सिलान्यास

2.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ५ मा नेपाल रेडक्रस सोसाईटी लालबन्दी शाखाको भवन सिलान्यास गरिएको छ । लालबन्दी नगरपालिकाले उपलब्ध गराएको जग्गामा रेडक्रसले आफ्नो भवन बनाउन लागेको हो । 
बुधबार लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले भवनको सिलान्यास गर्नु भएको रेडक्रस सोसाईटी लालबन्दी शाखाकमा सभापति धु्रव घिमिरेले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा सक्ने गरी १ तले भवनको बुधबार सिलान्यास गरिएको हो ।

रेडक्रस सोसाईटी लालबन्दी शाखाको आफ्नो करिब ४५ लाखको लागतमा निर्माण हुने भवनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराई दिएको र सो जग्गामा रेडक्रस सोसाईटी लालबन्दी शाखाले आफ्नो भवन बनाउन लागेको सभापति घिमिरेले जानकारी दिनु भयो ।
 

सम्बन्धित समाचार