Close This

मधेशमा आफ्नो पार्टीले बहुमत ल्याउछ ः नेकपाका के.स.बस्नेत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२ गते   ५१२ पटक हेरिएको

 नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले मधेशबादी दलहरुलाई सिध्याउने बताउनु भएको छ । मधेशबादी दलहरु क्षेत्रीय तथा जातीय राजनितिमा लागेको बताउँदै उहाँले सबै मधेशबादी दलहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरी राष्ट्रिय राजनितिमा आउन आग्रह गर्नु भएको हो । 
राष्ट्रिय युवा संघ सर्लाहीको आयोजनामा भएको वृहत युवा भेलालाई सम्बोधन गर्न सर्लाही आउनु भएका युवा नेता बस्नेतले आगामि निर्वाचन सम्ममा प्रदेश नम्बर २ मा क्षेत्रिय राजनिति गर्ने दलहरुको अन्त्य हुने र आफ्नो पार्टी प्रदेशमा बहुमत ल्याएर निर्वाचित हुने दाबी गर्नु भयो ।  उहाँले पुष्पकमल दाहाल(प्रचण्ड)को राजनिती जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भुमिका महत्वपुर्ण रहेको बताउदै प्रचण्डकै कारण निर्वाचन चाँडै गर्नु पर्ने अवस्था सृजना भएको बताउनु भयो । 


प्रचण्डले कमजोर बैशाखी टेकेर प्रधानमन्त्री ओलीमाथी आक्रमण गर्दा आफ्नै बैशाखी भँचिएका कारण उछिटिएर माइतीघर मण्डला पुगेको उहाँको भनाई छ ।  प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई खानामा बिष मिसाएर खुवाउने प्रयास गरेको आरोप लगाउँदै उहाँले त्यो प्रयास असफल भएपछि उहाँहरु आफैँ उछिटिएर नेकपाबाट माइतीघर मण्डलातिर लागेको बताउनु भयो । 
उहाँले प्रदेश नम्बर २ का नागरीकले प्रधानमन्त्री ओलीलाई नियमन्त्रण गरेको बताउँदै नेपालमा भएका भ्रष्टाचारीहरु,तस्करीहरु र घुसखोरीहरु नियन्त्रण गर्ने क्रममा नेपाल–प्रचण्ड तर्फका नेताहरुका साथै नेपाली कांग्रेसका धेरै नेताहरु जेलभित्र सड्ने अवस्था आउने बताउनु भयो । लहरो तान्दा पहरो थर्कने अवस्था आउने बताउदै त्यो कार्य  प्रधानमन्त्ती ओलीले चाँडैने सुरु गर्नै बताउनु भयो ।  साथै नाकाबन्दीको मारमा परेको नेपाली नागरिकहरुलाई अवको १५ दिनमा सिमानाका खुल्ने बताउनु भयो । आफु काठमाण्डौँँ फर्किएपछि  प्रधानमन्त्ती ओलीलाई मधेशको समस्या दर्शाउने र प्रधानमन्त्री ओलीले समस्या बुझि सिमानाका खोल्ने निर्देशन दिने उहाँले बताउनु भयो ।

सर्लाहीको हरिवनमा राष्ट्रिय युवा संघ सर्लाहीकोआयोजनामा भएको वृहत युवा भेला कार्यक्रममा युवा नेता जोनिस पाख्रिङको अध्यक्षता तथा पुर्व मन्त्री केन्द्रीय सदस्य बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य गणेश प्रसाद प्रसाई,इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा,राष्ट्रिय युवा संघ नेपालका नेता रमेश पौडेल,किरण पौडेल,राजकुमार यादवल लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech