सर्लाहीको हरिपुर नगरपालिका १ र २ मा एक साताभन्दा बढी समयदेखि जगंली हात्तीले क्षति पुर्याइरहेको छ।हरिपुर नगरपालिका १ र २ को हजारबिघा क्षेत्रमा तीनवटा जंगली हात्तीले जानकीनगर साझेदारी वन आसपासका किसानहरुले लगाएकोे मकै बालीमा व्यापक क्षति पुर्याएको हरिपुर नगरपालिका १ का वडा अध्यक्ष नानिवावु थापाले जानकारी दिए।उनका अनुसार हरिपुर नगरपालिका १ हजारबिघा क्षेत्र र हरिपुर नगरपालिका २ को सखुवा क्षेत्रमा जंगली हात्तीले चार दिन देखि दुःख दिइरहेको र मकै खाइदिने र खुदेर नष्ट गर्ने काम गरि रहेको छ ।
हात्तीले हजारबिघाका आठ जना किसानहरुको १२ कठ्ठा भन्दा बढी क्षेत्रफलमा लगाएको मकै नष्ट पारेको हरिपुर नगरपालिका १ ले जनाएको छ ।कार्यालयका अनुसार हात्तीको समूहले धनबहादुर पाण्डे,अरुण कार्की,सन्त कार्की,अशोक बिमली,कृष्णप्रसाद मैनाली,मदन मैनाली, मोहन खत्री र दिलबहादुर छन्त्याललगायत किसानहरुको खेतमा घोगा लाग्ने बेला भएको मकै सखाप पारेको छ।हात्तीले निरन्तर क्षति पुर्याइरहेको खेतमा जान समेत डरमर्दो भएको किसानहरुले गुनासो गरेका छन् ।
हात्तीकै कारण हजारबिघा,जानकीनगर र सखुवालगायत क्षेत्रका किसानहरु घाँस,दाउराका लागि जंगल जान डराएका छन्।हात्तीले हरेक रात किसानहरुको मकै बारीमा पसेर क्षति पुु¥याएको छ।वन र किसानहरुको खेत जोडिएको बाटोमा राति तीन÷चार पटक गाडी दौडाएर हात्ती भगाउने तयारी गरिएको हरिपुर नगरपालिका १ का वडाध्यक्ष थापाले बताए ।
अन्य जनावरलाई झैँ हात्तीलाई नियन्त्रणमा लिन सक्ने अवस्था नरहेकाले घर नजिक वा बालीनालीमा आए सतर्कताका साथ भगाउनुुबाहेक अन्य उपाय नै नरहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।