Close This

पशु बीमाप्रति कमलामाईका किसान आकर्षित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२४ गते   ६१२ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिकाले ब्याएका पशुलाई २ हजार रुपियाँ प्रोत्साहन भत्ता दिन थालेपछि पशु बीमा गराउने किसानको संख्या बढेको छ । बीमा गरेका पशुलाई मात्र ब्याएपछि भत्ता दिने गरिएको छ । 
गए आर्थिक वर्षमा कमलामाईमा छ सय ५० वटा गाई र भैसीलाई भत्ता वितरण गरिएको छ । बीमा गरिएको पशु बीमा अवधिभित्र मरेमा सरकारले ९० प्रतिशत क्षतिपूर्ति किसानलाई दिन्छ । पशु बीमा गर्दा किसानले २५ प्रतिशत मात्र ब्यहोर्नुपर्छ । नगरपालिकामा गएको आर्थिक वर्षमा बीमा गरिएका ४५ वटा पशु मरेका थिए ।
कमलामाई नगरपालिका पशु विकास शाखाका पशु प्राविधिक अर्जुन थापाका अनुसार, गए आर्थिक वर्षमा एक हजार सात सय पशुको बीमा गरिएको थियो । कमलामाईका १४ वटै बडामा पशु बीमा लागू भए पनि वडा नम्बर ५,४ ९ र १० मा बढी बीमा गरिएको छ । त्यसमा पनि सबैभन्दा बढी बीमा गाईको गरिएको छ । आर्थिक वर्ष २०७६र७७ मा गाई छ सय ६९, भैसी छ सय ४३, बाख्रा तीन सय १४, बंगुर ७४ गरि जम्मा १७ सय वटा पशुको बीमा गरिएको प्राविधिक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार २४ वटा पशुको ९० प्रतिशतका दरले चार लाख ५० हजार रुपियाँ क्षतिपूर्ति वितरण गरिने भएको छ ।

२१ वटा पशुको भने बिभिन्न काराणले भरपाई गर्न बाँकी रहेको छ । कमलामाई नगरपालिकाको निसर्त अनुदानमा पशु भत्ता बितरण गरिएको हो । बीमा गरिएका पशुलाई सुत्केरी भत्ता वापत १३ लाख भत्ता बितरण गरिएको जनाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech