सर्लाहीको बरहथवा नगरपालिका १० स्थित ब्रम्हस्थान टोलमा सञ्चालित सामुदायिक प्राथमिक विद्यालयकी निमित्त प्रधानाध्यापक ममता देबी महत्तोको शैक्षिक योग्ता माथि प्रश्न उठेको छ ।बरहथवा नगरपालिका १० स्थित ब्रम्हस्थान टोलमा सञ्चालित सामुदायिक प्राथमिक विद्यालयकी निमित्त प्रधानाध्यापक महत्तोले ₊२ को शैक्षिक प्रमाण पत्र भारतबाट ल्याएर पेश गरी उक्त विद्यालयमा पिसिएफमा भर्ना भई पछि करारमा जागिर खाएर करिब १२ वर्षदेखि उत्तः विद्यालयको निमित्त प्रधानाध्यापकको रुपमा काम गर्दै आएपछि उनको शैक्षिक योग्यताको प्रमाण पत्र फर्जि रहेको रहस्य खुलेको हो ।
करिब १२ वर्ष पहिला देखि करारमा उत्त विद्यालयमा नियुक्त भएकी ममताको ₊२ को शैक्षिक प्रमाण पत्र फर्जि रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समेत पाइएको छ।उनले उत्त विद्यालयमा जागिर खाने समयमा आफ्नो ₊२ को शैक्षिक प्रमाण पत्र भारतबाट ल्याएकी उजुरीकर्ताको आरोप छ।
स्रोतका अनुसार बरहथवा नगरपालिका १० स्थित ब्रम्हस्थान टोलको स्थापना २०६५ सालमा स्थानीय गंगाराम महत्तोले आफ्ना बुबा बच्चेलाल महत्तोको नाममा दुई कठ्ठा जमिन दान दिएर सामुदायिक प्राथमिक विद्यालय स्थापना गरेका,उत्त विद्यालयलाई स्थायीत्व दिन स्थायी शिक्षक चन्देश्वर प्रसाद सिंहलाई प्रधानाध्यापकको रुपमा उक्त विद्यालयमा पठाईएको भएपनि उनी करिब एक वर्ष काम गरेपछि अनिवार्य अवकाश भएका,त्यसपछि पिसिएफमा भर्ना भई पछि करारमा जागिर खाएकी महत्तोलाई अर्काे व्यवस्था नहुँदा सम्म भन्दै निमित्त प्रधानाध्यापकको रुपमा जिम्मेवारी तोकिएको समेत रहस्य बाहिरिएको छ ।
त्यसपछि बरहथवा नगरपालिकाले पटक पटक स्थायी शिक्षक पठाएको भएपनि ममताका श्रीमान् गंगाराम महत्तो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र उनी निमित्त प्रधानाध्यापक रहेकाका नगरपालिकाको शिक्षा शाखाका संयोजक अनिल कुमार साहसंग मिलेर स्थायी शिक्षकलाई हाजिरै हुन नदिई उनीहरुले नै हाली मुहाली गरि रहेका समेत पाइएको छ ।
उत्त विद्यालय स्थापनार्थ जमिन दान गरेको बाहनामा उक्त विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सधैँ सोही परिवारको हाली मुहाली रहने र हाल गंगारामका भाई राम प्रसाद महत्तो पछिल्लो करिब छ महिनादेखि विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएपनि उनै गंगाराम र ममताको नाममा विद्यालयको खाता सञ्चालन भई रहेको साथै कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ३५ जना विद्यार्थी रहेपनि निवर्तमान अध्यक्ष गंगाराम र निमित्त प्रधानाध्यापक ममताका साथै बरहथवा नगरपालिकाको शिक्षा शाखाका संयोजक साह मिलेर दिवा खाजामा एक सय पाँच जना विद्यार्थी देखाएर सोही अनुसार दिवा खाजाको भुक्तानी/मसलन्द/छात्रवृति/ड्रेस तथा शैक्षिक सामाग्री खरिदको नाममा चर्काे अनियमितता गरेका समेत स्रोतको दाबी छ ।
विद्यार्थीको आधारमा उक्त विद्यालय मर्ज हुनु पर्नेमा विद्यालय स्थापनार्थ जमिन दान गरेको वाहनामा अध्यापन गराउन नसक्ने ममतालाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिई रहेको,विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठक समेत नबसी घरघरमा बैठक पुस्तिका घुमाएर हस्ताक्षर गराउने गरेको,करिब एक वर्ष अघि उक्त विद्यालयमा स्थायी शिक्षक महेन्द्र राय यादवलाई नगरपालिकाले पठाएको भएपनि उनलाई हाल सम्मपनि कुनै जिम्मेवारी नदिएको समेत पाइएको छ ।
त्यस्तै विद्यालयमा ल्याईएको विद्युत मिटरको रकम निवर्तमान अध्यक्ष गंगाराम र निमित्त प्रधानाध्यापक ममताका साथै बरहथवा नगरपालिकाको शिक्षा शाखाका संयोजक साह मिलेर निकासा लिएर खाई विद्यालयमा विद्युत मिटर सञ्चालनमा नल्याएका,दिवा खाजा तालिका अनुसार नभई गुणस्तरहिन खाद्य वस्तु र जंग फुड खुवाउने गरेका,विगत करिब १६ वर्षदेखि कार्यलय सहयोगीको रुपमा कार्यरत निर्मला पन्त(मैनाली)लाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमीक समेत नदिएका र खाजा बनाएको दिनको रु सयका दरले दिने साथै चार घण्टी नेपाली पढाउनु पर्ने भनिएकोमा सो गर्दै आएकी भएपनि निवर्तमान अध्यक्ष गंगाराम र निमित्त प्रधानाध्यापक ममताका साथै बरहथवा नगरपालिकाको शिक्षा शाखाका संयोजक साह मिलेर उनलाई बर्खास्त गर्ने योजना बनाईएको समेत पाइएको छ।सो सम्बन्ध विद्यालयकी निमित्त प्रधानाध्यापक ममताले सबै अस्वीकार गरिन् ।भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद महतोले पनि विद्यालयमा ४० जना विद्यार्थीहरु आउने गरेका स्वीकार गरे ।यता,नगरपालिकाको शिक्षा शाखाका संयोजक साहलाई फोन गर्दा उनको मोवाईल अफ छ ।