ढोका नखोली जुवाडे भगाउने खुशवु होटलका सञ्चालक पक्राउ,जुवाडेका ६ थान मोटरसाईकल प्रहरीको नियन्त्रणमा

3.3k Shares

सिरहाको मिर्चैयामा जुवा खेलाउने खुशवु होटल एण्ड पार्टी प्यालेसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोकस्थित खुशवु होटल एण्ड पार्टी प्यालेसमा जुवा खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मिर्चैयाकोे प्रहरी टोलीले होटलमा छापा हानेको हो ।
प्रहरी टोलीले छापा हान्ने क्रममा पटक पटक होटलवालालाई च्यानल गेट खोल्नको लागी अनुरोध गर्दा प्रहरीलाई नै अपशव्द प्रयोग गरी होटलको गेट खोल्न अटेरी गरी जुवाडेहरुलाई भगाउने कार्य गरेको भन्दै प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । मिर्चैया नगरपालिका ५ का २६ वर्षीय सरोज कुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
प्रहरी टोलीले छापा हान्ने क्रममै जुवा खेलिरहेका जुवेडीहरु फरार भएको अवस्थामा जुवाको खालवाट जुवाडेहरुका ६ थान मोटरसाईकलहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसंन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताएका छन् ।प्रहरीले ढोका खोल्न आग्रह गर्दा प्रहरी माथी नै अपशब्द प्रयोग गर्ने र ढोका नखोली जुवाडे भगाएको आरोपमा साहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार