Close This

सर्लाहीको हरिपुरबाट लेखा अधिकृत सिंह सहित २ जना पक्राउ

रासस    प्रकाशित: २०७७-३-९ गते   २७१ पटक हेरिएको

जिल्लाको हरिपुर नगरपालिकाका लेखा अधिकृत सहित २ जना घुस रकमसहित पक्राउ परेका छन् ।हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादव घुस रकमसहित पक्राउ परेका सर्लाही प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ उनीहरुलाई चार हजार रुपैयाँ घुस रकम सहित रङ्गे हात पक्राउ गरेको हो । लेखा अधिकृत सिंह र लेखापाल यादवलाई सेवाग्राहीलाई भुक्तानि दिँदा कमिसन स्वरुप मागिएको घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनिहरुलाई  मुचुल्का संकलन गरी नगरपालिका कार्यालयबाट अख्तियारको कार्यालय बर्दिवास लगिएको कार्यालयले जनाएको छ । उनीहरुलाई वुधवार आवश्यक कार्वाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल, काठमाण्डौं पठाइने कार्यादयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech