सिन्धुलीको सुनकोसी गाउँपालिका ५ खहरे गाँउ स्थित सहिदगेट अमारे कृषि सडक खण्डमा भएको सवारी दुर्घटनामा २१ जना घाईते भएका छन्।अमारेबाट गाँउखर्क तर्फ कुलपुजाको लागी जाँदै गरेको म.प्र.०३–००१ च ८५०० सिङ्गल क्याप बोलेरो अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना हुँदा चालक सुनकोसी गाउँपालिका ६ का अन्दाजी बर्ष २५ मा मनोज नेपाली सोही ठाउँका अन्दाजी वर्ष १६ का सुनिल शुन्दास, अन्दाजी वर्ष ३६ का ससी नेपाली,अन्दाजी वर्ष १७ का देव नेपाली र अन्दाजी वर्ष २२ का सरोज नेपाली घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार घाईते हुनेहरुमा अन्दाजी वर्ष ३५ का रामकृष्ण स्यवा,अन्दाजी वर्ष ४६ का कृतीमान नेपाली,वर्ष ४८ का गजेन्द्र नेपाली,वर्ष ४३ का गोपाल नेपाली,वर्ष १३ का कमल नेपाली,वर्ष १३ कै संदिप नेपाली,मनिष नेपाली र सविन नेपाली,वर्ष १६ का निश्चल नेपाली
धादिङको नेत्रावति गाउँपालिका १ का वर्ष ६१ का चन्द्र बहादुर नेपाली,सिन्धुलीको कमलामाई नगरपालिका ३ का वर्ष ६४ का चन्द्र बहादुर देवकोटा,सुनकोशी गाउँपालिका ६ का वर्ष ६४ का मसिने दमाई,सुनकोशी गाउँपालिका ५ का वर्ष ४० का बलराम नेपाली,वर्ष ५२ का कृष्ण बहादुर नेपाली र वर्ष ४९ का दुर्ग बहादुर नेपाली सहित काठमाण्डौ महानगरपालिका १४ का वर्ष ६८ का धन बहादुर नेपाली रहेका छन्।घाईतेहरुको आत्मीय अस्पताल,खाल्टे सहित धुलीखेल अस्पतालमा उपचार भई रहेको र सबै घाईतेहरुको अवस्थामा सामान्य रहेको सिन्धुली प्रहरीले जनाएको छ ।