करिब २४ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित तीन जना सर्लाही प्रहरीको नियन्त्रणमा

481 Shares

सर्लाहीको बागमती र इश्वरपुरबाट गरी करिब २४ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बागमती नगरपालिका १२ बथाने टोलका अन्दाजी ७६ वर्षीय मानबहादुर बललाई करिब साँढे १६ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित र इश्वरपुर नगरपालिका १२ घारीबथानबाट सात किलो दुई सय १० ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जना भारतिय नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।

re.jpeg
उनका अनुसार बागमती नगरपालिका १२ बथाने टोलका बलको घरमा लागुऔषध गाँजा लुकाइ छिपाइ राखेर बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त प्रहरी टोलीले बललाई पक्राउ गरेको हो भने इश्वरपुर नगरपालिका १२ बाँके खोलाको ड्यामबाट ज १२ प ९०९९ नम्बरको मोटरसाईकल सहित भारतको जिल्ला सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम १७  का अन्दाजी वर्ष ३० का शम्भु कुमार कुशवाहा र सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउँका अन्दाजी वर्ष २५ का संजय ठाकुर शर्मालाई सात किलो दुई सय १० ग्राम प्रतिवन्धित लागु औषध गाँजा सहित ईलाका प्रहरी कार्यालय केशरगन्ज र अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारीबथानबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद प्रतिवन्धि लागुऔषध गाँजा र पक्राउ परेका बललाई इलाका प्रहरी कार्यालय हरिवनमा राखेको र कुशवाहा र शर्मालाई ईलाका प्रहरी कार्यालय केशरगन्जमा राखेर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।सिन्धुलीको मरिण र हरिहरपुरगढीका साथै मकवानपुरको विभिन्न स्थानमा उत्पादन हुने प्रतिवन्धि लागु औषध गाँजा सर्लाहीका विभिन्न बाटाहरुको प्रयोग गर्दै छिमेकी देश भारत पुग्ने गरेको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार