सिन्धुलीको दुधौली नगरपालिका ५ स्थित कुलुवा पुल फुटबल ग्राउण्ड नजिकबाट प्रहरीले लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।विशेष सूचनाको आधारमा खटिएका इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले दुधौली नगरपालिका ५ स्थित कुलुवा पुल फुटबल ग्राउण्ड नजिकैबाट कफ डी ट्याब्लेट ४५ थान,इएइ ट्याब्लेट दुईसय थान,स्पास्मो ट्याब्लेट दुई सय ३१ थान गरी जम्मा चार सय ७६ ट्याब्लेट,लागू औषध गाँजा पाँच सय ग्र्राम सहित नगद रु. २८ हजार छ सय१६ र एक थान पल्सर मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार उत्तः लागु औषध सहित दुधौली नगरपालिका ५ बस्ने २६ वर्षीय सिताराम बुढाथोकी र सोही स्थानका अन्दाजी २० वर्षीय मानबहादुर विश्वकर्मालाई पक्राउ गरिएको छ ।